विराेध गर्नेलाइ हामि कामबाट जवाफ दिन्छाैँ: प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विराेध गर्नेलाइ हामि कामबाट जवाफ दिन्छाैँ: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ, २२ मंसिर।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
  • नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

काठमाडौँ, २२ मंसिर।  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भने “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।” राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो” प्रधानमन्त्री ओलीले भने, “यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इञ्जिनीयरको साथ सहयोग जरुरी छ ।”

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ”, प्रधानमन्त्रीले भने, “केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।” प्रधानमन्त्रीलाई भेट्न एशोसिएशनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इञ्जिनीयरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताएका उनले सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’
मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’
चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव
चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव
लप्पनछप्पन पछीको दर्शकको प्रतिक्रिया मिश्रित छ – प्रकाश जंग शाह
लप्पनछप्पन पछीको दर्शकको प्रतिक्रिया मिश्रित छ – प्रकाश जंग शाह
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास
यी मन्त्रीको पद धरापमा, विस्थापित गर्नेहरुको सम्भावित नाम यस्तो छ
यी मन्त्रीको पद धरापमा, विस्थापित गर्नेहरुको सम्भावित नाम यस्तो छ
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत

तपाईंले छुटाउनुभयो कि?