काग्रेस महासमिति आजदेखि राजधानीमा !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
६६ पटक हेरिएको
Shares
काग्रेस महासमिति आजदेखि राजधानीमा !

सारांश

  • काठमाडौं।
  • नेपाली काग्रेसको सर्वोच्च निकाय महासमिति बैठक शुक्रवार देखि शुरु हुदैछ ।
  • विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुँदैछ।

काठमाडौं। नेपाली काग्रेसको सर्वोच्च निकाय महासमिति बैठक शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुँदैछ। पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिवार हुने भएको छ।
पहिलो दिन शुक्रबार अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ भने शनिबार ११ वजे यगम्बर पार्टी प्यालेस रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ। अढाईघण्टाको उद्घाटन शत्र सक्रिय लगत्तै लगातार पुस ३ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ।
बन्द शत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्ने छन् भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नेछन्। महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्नेछन्। पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्नेछिन्।

वैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समूह बनाइने छ। यो समूह बनाइसकेपछि भोलिपल्ट आइतवार देखि लगातार ती दस्तावेजमाथि छलफल हुने छ
काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमतिमा १ हजार ६ सय ६० सहभागि हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रबाट (२४०) बाट पाच जनाको दरले १ हजार २ सय महासमिति प्रतिनिधि हुनेछन भने भातृ एवं सुभेच्छुक संघसंस्थाका ९७ जना प्रतिनिधि र जनसम्पर्क समिति बाट पनि ९७ जना प्रतिनिधि सो बैठकमा सहभागि हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति र २६ जना सांसद पनि महासमिति बैठकमा भाग लिदैछन् । केन्द्रीय सदस्यहरु सबै सो बैठकमा उपस्थित हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
Stern action against murderers and criminals: Home Minister Thapa
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो
बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
ओली सरकारलाई समर्थन फिर्ता लिन प्रचण्डले किन गरे ढिलाई
एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान
एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान

तपाईंले छुटाउनुभयो कि?