थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट’

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १४, २०७४
|
|
६२ पटक हेरिएको
Shares
थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट’

सारांश

  • रोल्पा, असार १४ – मतदाताको उत्साहजनक सहभागीतामा रोल्पामा मतदान भैरहेको छ ।
  • अहिलेसम्म रोल्पामा ५० प्रतिशत मत खसिसकेको छ भने थवाङमा मात्रै ५५ प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत कमलबहादुर विष्टले जानकारी दिनुभयो ।
  •   दोस्रो संविधानसभा चुनावमा ‘नो भोट’ अभियान चलेको थवाङमा एउटा पनि मत खसेको थिएन ।

रोल्पा, असार १४ – मतदाताको उत्साहजनक सहभागीतामा रोल्पामा मतदान भैरहेको छ । अहिलेसम्म रोल्पामा ५० प्रतिशत मत खसिसकेको छ भने थवाङमा मात्रै ५५ प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत कमलबहादुर विष्टले जानकारी दिनुभयो ।  दोस्रो संविधानसभा चुनावमा ‘नो भोट’ अभियान चलेको थवाङमा एउटा पनि मत खसेको थिएन । २०६४ सालको संविधानसभा चुनावमा थवाङ गाविसबाट मात्रै तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३६ सय मत खसेको थियो । प्रचण्डले काठमाडौंको कीर्तिपुरमा पनि विजयी भएकाले रोल्पाको निर्वाचन क्षेत्र २ छोडेपछि भएको उपनिर्वाचनमा माओवादी नेता सन्तोष बुढाले थवाङबाट मात्रै १८ सय मत प्राप्त गर्नुभएको थियो ।तर २०७० सालमा भएको संविधान सभा चुनावमा थवाङका बासिन्दाले भोट खसालेनन् । तर अहिले स्थानीय तहको चुनावमा थवाङका नागरिकले उत्साहजनक भाग लिएका हुन् । थवाङ, उवा र मिरुल गाविस गाभेर अहिले थवाङ गाउँपालिका बनेको छ । थवाङमा २ हजार ७ सय ३८ पुरुष र १ हजार १ सय १५ महिला गरी जम्मा मतदाता ५ हजार ८ सय ५३ जना छन् ।
निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत चुनावमा भाग लिएपछि थवाङ चर्चामा छ । थवाङ गाउँपालिकामा नेकपाबाट अमित घर्ती अध्यक्षको उम्मेदवार हुनुहुन्छ । तर विप्लव नेतृत्वको नेकपाले घर्ती पार्टीमा नरहेको जनाएको छ । नेकपासँग तालमेल गरेको कांग्रेसले उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ । एमालेबाट अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जनरोका हुनुहुन्छ । माओवादी केन्द्रबाट अध्यक्षमा वीरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार हुनुहुन्छ । अप्रिय घटना हुन नदिन थवाङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा
टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा
अाइतबार मन्त्रीकै हैसिएतमा चिन जाँदै स्थापित
अाइतबार मन्त्रीकै हैसिएतमा चिन जाँदै स्थापित
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
अल्बानियाले क्रोसियालाई बराबरीमा रोक्यो
अल्बानियाले क्रोसियालाई बराबरीमा रोक्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
विक्रम पाण्डे एक नम्बरका ढटुवा भएको पुष्टी
विक्रम पाण्डे एक नम्बरका ढटुवा भएको पुष्टी
बाघको दुई वटा टाउका, हड्डीसहित दुई जनालाई पक्राउ
बाघको दुई वटा टाउका, हड्डीसहित दुई जनालाई पक्राउ

तपाईंले छुटाउनुभयो कि?