बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, भाद्र २१, २०८३
|
|
० पटक हेरिएको
Shares
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा

सारांश

  • भोटेकोशीमा आएको भीषण बाढीका कारण आफ्नो नियमित औषधि गुमाएका प्रभावितहरूलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा भदौ २० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
  • प्राकृतिक विपद्का बेला नियमित स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले यो विशेष  आयोजना गरिएको हो।
  • उक्त शिविरबाट कुल २०० जना स्थानीयवासीले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
भोटेकोशीमा आएको भीषण बाढीका कारण आफ्नो नियमित औषधि गुमाएका प्रभावितहरूलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा भदौ २० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। प्राकृतिक विपद्का बेला नियमित स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले यो विशेष  आयोजना गरिएको हो।
उक्त शिविरबाट कुल २०० जना स्थानीयवासीले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। जसमा मुख्य रूपमा बाढी प्रभावित १०१ जना ज्येष्ठ नागरिक (४८ महिला र ५३ पुरुष) रहेका छन्। बाढीका कारण सुगर र प्रेसर जस्ता दीर्घरोगका औषधि बगेपछि प्रभावितहरूको नियमित उपचार प्रक्रिया ठूलो जोखिममा परेको थियो।
ज्येष्ठ नागरिक रोग, मुटु, हड्डी तथा दन्त रोग विशेषज्ञ डाक्टरहरू सम्मिलित प्राविधिक टोलीले बिरामीहरूको गहन स्वास्थ्य परीक्षण गरी निःशुल्क परामर्श र औषधि वितरण गरेका छन्। भौतिक क्षतिसँगै विपद्का कारण मानसिक तनाव भोगिरहेका प्रभावितहरूलाई मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएको छ।
शिविरका क्रममा २५ जना नागरिकलाई तनाव व्यवस्थापन सम्बन्धी विशेष परामर्श दिइनुका साथै उद्धार कार्यमा निरन्तर खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई पनि आवश्यक आकस्मिक औषधिहरू हस्तान्तरण गरियो। विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा सञ्चालित यस शिविरले बाढीपीडित नागरिकको स्वास्थ्य स्थिति थप बिग्रनबाट जोगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?