राजमार्गमा पहिरोको सास्ती: भरतपुरबाट काठमाडौँ जाने हवाई यात्रुको चाप ह्वात्तै बढ्यो

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र २२, २०८३
|
|
३ पटक हेरिएको
Shares
राजमार्गमा पहिरोको सास्ती: भरतपुरबाट काठमाडौँ जाने हवाई यात्रुको चाप ह्वात्तै बढ्यो

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरलगायतका क्षेत्रमा पहिरो र सडक भाँसिएर यातायात सेवा अस्तव्यस्त बनेपछि सडक मार्ग हुँदै राजधानी आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन्।
  • अविरल वर्षाका कारण पहिराको उच्च जोखिम रहेकाले यात्रुहरूले पछिल्लो समय सुरक्षित विकल्पका रूपमा हवाई मार्ग रोज्न थालेका हुन्।
  • सडक अवरुद्ध हुँदा काठमाडौँ जाने र फर्किने सर्वसाधारणको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले भरतपुर–काठमाडौँ रुटमा उडान संख्या उल्लेख्य रूपमा थप गरेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरलगायतका क्षेत्रमा पहिरो र सडक भाँसिएर यातायात सेवा अस्तव्यस्त बनेपछि सडक मार्ग हुँदै राजधानी आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन्। अविरल वर्षाका कारण पहिराको उच्च जोखिम रहेकाले यात्रुहरूले पछिल्लो समय सुरक्षित विकल्पका रूपमा हवाई मार्ग रोज्न थालेका हुन्।
सडक अवरुद्ध हुँदा काठमाडौँ जाने र फर्किने सर्वसाधारणको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले भरतपुर–काठमाडौँ रुटमा उडान संख्या उल्लेख्य रूपमा थप गरेका छन्। चितवनसहित छिमेकी जिल्लाहरू नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट आउने यात्रुको सुगम यात्राका लागि निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना दैनिक उडानहरू दोब्बरभन्दा बढीले वृद्धि गरेको छ।
सामान्य अवस्थामा उक्त रुटमा दैनिक ५ वटा मात्रै उडान हुँदै आएकामा हाल यात्रुको माग र आवश्यकताअनुसार दैनिक ९ देखि ११ वटासम्म उडान सञ्चालन भइरहेको छ। हवाई यात्रामा चाप बढेसँगै निजी क्षेत्रबाट तत्काल अतिरिक्त उडान व्यवस्थापन गरी सर्वसाधारणलाई सहज सेवा पुर्‍याउने प्रयास गरिएको छ।
भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएका कारण एटीआर-७२ जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने प्राविधिक बाध्यता छ। त्यसैले काठमाडौँबाट आउँदा ६५ देखि ७० जना र भरतपुरबाट फर्कँदा अधिकतम ५० जनासम्म यात्रु राखेर उडान सञ्चालन भइरहेको जानकारी दिइएको छ।
राजमार्गको अवरोध हटाउने कार्य जारी रहेकाले तत्कालका लागि वैकल्पिक सडक मार्ग वा हवाई सेवा प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्। विपद्का समयमा सर्वसाधारणलाई सहज र सुरक्षित यात्राको प्रत्याभूति गराउन थपिएका उडानले सर्वसाधारण यात्रुलाई ठूलो राहत पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?