Saturday, May 18
Shadow

Tag: उदयपुर

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

प्रदेश नं. १, समाज
रासस । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । ‘खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने...