अख्तियारले घुस खाने पाठकविरुद्ध मुद्दा चलाउने तयारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजनारायण पाठकविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।
  • योसँगै अख्तियारले पाठक विरुद्ध मुद्दा चलाउने तयारी थालेको छ ।

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजनारायण पाठकविरुद्ध मुद्दा चलाउन राय दिएको छ । योसँगै अख्तियारले पाठक विरुद्ध मुद्दा चलाउने तयारी थालेको छ ।

अख्तियारले महान्यायाधिवक्ता समक्ष पाठक विरुद्ध मुद्दा चलाउने विषयमा राय मागेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले संविधान अनुसार अनुसन्धान गरी दोषी देखिएमा मुद्दा दर्ता गर्न पाउने भन्दै मुद्दा दर्ता गर्न राय दिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने व्यवस्था संविधानमा भएकाले त्यसै अनुसार अघि बढ्न सुझाव दिएको महान्यायाधिवक्ता कार्यालय सुत्रले जनाएको छ ।

अख्तियारको आफ्नै ऐनमा पनि अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा मुद्दा दर्ता गरी कारबाही गर्न सक्ने व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्न सुझाव दिएको हो।

पाठकले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पत्ति हड्प्ने विषयमा देखिएको विवाद मुद्दा मिलाउने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए।

संविधानको धारा धारा २३९ मा टेकेर मुद्दा चलाउनु भन्ने महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अख्तियारलाई राय दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
मलेसिलयामा श्रमिक सचेतना
मलेसिलयामा श्रमिक सचेतना
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
लिटिल मिस दाङकी विजेता आयुष्मालाई सम्मान
लिटिल मिस दाङकी विजेता आयुष्मालाई सम्मान
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
थाहा पाउनुहोस् शनिबारको राशिफल
थाहा पाउनुहोस् शनिबारको राशिफल
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

तपाईंले छुटाउनुभयो कि?