‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’

सारांश

  • काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन्।
  • शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, “गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिनेछ।
  • ” अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने, “सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ।

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन्।

शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, “गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिनेछ।” अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने, “सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ।”

सडकका सामान्य खाल्टाखुल्टी पुर्न समेत प्रधानमन्त्री बोल्नुपर्ने अवस्था आउनु ठीक होइन भन्दै उनले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले द्रुतता नपाउँदा उपत्यकावासीले केही समस्या झेल्नुपरेको उल्लेख गरे।

कतिपय पूर्वाधार निर्माणमा गुणस्तरको प्रश्न उब्जिएका कारण स्वयं व्यवसायी, राजनीतिक दल, कर्मचारी तन्त्र र सरकारको काम कारबाहीमाथि प्रश्न उठेको पक्षलाई हेक्का गर्दै गुणस्तरका बारेमा अब कुनै पनि हालतमा सम्झौता नहुने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !
मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंका १० वटै क्षेत्रमा एमालेले छान्यो उम्मेद्वार : को-को परे सिफारिसमा ?
काठमाडौंका १० वटै क्षेत्रमा एमालेले छान्यो उम्मेद्वार : को-को परे सिफारिसमा ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
यी तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
यी तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा
Acting PM Pokhrel and Indian Minister discuss about petro pipeline extension
Acting PM Pokhrel and Indian Minister discuss about petro pipeline extension
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि

तपाईंले छुटाउनुभयो कि?