जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने

सारांश

  • ललितपुर, १३ मङ्सिर , जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् ।
  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तक्र्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् ।
  • महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले सार्वजनिक सुनुवाइ र सरोकारवालासँगको छलफलका आधारमा आफूले कार्यक्रम अघि बढाइरहेको बताउनुभयो ।

ललितपुर, १३ मङ्सिर , जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तक्र्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् ।

महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले सार्वजनिक सुनुवाइ र सरोकारवालासँगको छलफलका आधारमा आफूले कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । नगरवासीले खानेपानी र सडक निर्माण चाँडो होस् भन्ने चाहेका छन् । उहाँले भन्नुभयो, “हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”

कोञ्जेसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले गाउँपालिकाले स्थानीयवासीको आर्थिकस्तर उकास्नका लागि गुरुयोजना निर्माणमा लागेको बताउनुभयो । जिल्लाका छ तहमध्ये यस गाउँपालिकामा निजी आवास निर्माण तीव्र छ । उहाँले भन्नुभयो, “हामीले वडाका प्रतिनिधिलाई खटाएर जनताका पुनःनिर्माणका क्रममा आएका समस्या समाधान गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले वडावडामा टोल सुधार समितिसँग सल्लाह गरेरै योजना बनाइएको बताउनुभयो ।

वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जनप्रतिनिधि मात्रै नभएर त्यस ठाउँको विकास सबैको सरोकार हुनुपर्नेमा जोड दिनुभयो । कोञ्जेसोम गाउँपालिाका प्रवक्ता सुमेन्द्र तामाङले पहिले एउटा सिफारिशका लागिसमेत सचिव खोज्दै लगनखेल आउनुपर्नेमा अहिले जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेको बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले राजधानीको जिल्ला भएकाले ललितपुरमा धेरै परियोजना नआएको बताउनुभयो । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपक विष्टले स्थानीय निकायले एउटै कामका लागि धेरै वर्षसम्म बजेट विनियोजन गरेर कार्यकर्ता पालेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !
प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !
बाजुरामा घरभित्र एक जना महिला मृत फेला
बाजुरामा घरभित्र एक जना महिला मृत फेला
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित)
कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी
कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी
कर्णालीमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणका लागि साउनभर सचेतना अभियान
कर्णालीमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणका लागि साउनभर सचेतना अभियान
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

तपाईंले छुटाउनुभयो कि?