अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम

सारांश

  • अछामको रामारोशन गाउँपालिकामा माओवादी केन्द्रको अग्रता अछामको रामारोशन र धकारी गाउँपालिकामा मतगणना सुरु भएको छ ।
  • रामारोशनमा माओवादी केन्द्रले अग्रता लिएको छ ।
  • १ सय १२ मत सहित अध्यक्षमा माओवादीले अग्रता लिएको हो ।
अछामको रामारोशन गाउँपालिकामा माओवादी केन्द्रको अग्रता
अछामको रामारोशन र धकारी गाउँपालिकामा मतगणना सुरु भएको छ । रामारोशनमा माओवादी केन्द्रले अग्रता लिएको छ । १ सय १२ मत सहित अध्यक्षमा माओवादीले अग्रता लिएको हो । त्यस्तै एमाले ७५ र कांग्रेस ९ मत सहित दोस्रो र तेस्रो स्थानमा छन् । धकारीमा कांग्रेस १०७ मत सहित अगाडि छ भने एमाले ५४ र माओवादीले ३५ मत ल्याएका छन्
उदयपुरको ताप्ली गाउँपालिकाः १ र २ नम्वर वडामा एमालेको प्यानल नै विजयी

उदयपुरको ताप्ली गाउँपालिकाको १ र २ नम्वर वडामा एमालेको प्यानलनै विजयी भएको छ । गएराति देखि नै मतगणना सुरु भएको उदयपुरको ताप्ली गाउँपालिकाको दुई वटा वडामा मतपरिणाम सार्वजनिक भएको हो ।

१ नम्बर वडामा गोविन्दसेन ठकुरीले ४ सय ३६ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको छ । त्यस्तै २ नम्बर वडामा धर्मध्वज राईले ३ सय २४ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको छ । दुवै वडामा कांग्रेस किटतम प्रतिद्धन्दी रहेको थियो । प्रमुख र उपप्रमुखमा पनि एमालेकै अग्रता छ ।

माओवादीले ६ सय ६८ मत पाउँदा एमालेको ८ मत !

रोल्पाका १० वटा स्थानीय तहमध्ये १० अोटामा मतगणना भैरहेको छ । माओवादीको गढ मानिएको रोल्पाका केही ठाउँमा एमाले र कांग्रेसले अग्रता लिइरहेका छन् । तर केही तहमा भने अन्य दल निकै पछाडी देखिएका छन् ।

रोल्पाको दुइखोली गाउँपालिकामा नेकपा माओवादीका अध्यक्षका उम्मेद्वारले ६ सय ६८ मत पाउँदा एमालेका उम्मेद्वारले जम्मा ८ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेद्वारले २८ मत ल्याएका छन् ।

गुल्मीको पछिल्लो परिणाम, २ वडामा कांग्रेस र एमालेको प्यानलै विजयी

 गुल्मीमा दुई नगरपालिकासहित दश गाउँपालिकाको स्थानीय तहको चुनावमा ११ वटामा मतगणना जारी छ । बुधबार रातिदेखि मतगणना सुरु गरिएका गाउँपालिकाहरुका केही वडाहरुको नतिजा सार्वजनिक गरिएको छ ।

सार्वजनिक नतिजा अनुसार गुल्मी दरवार गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका राम बहादुर पल्ली सहितको प्यानल विजयी बनेको छ । पल्लीले ७ सय ६६ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम पुनले ६ सय ५८ मत प्राप्त गरेर पराजित बन्नु भएको छ ।

त्यसैगरि दरवार गाउँपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसका टोप बहादुर बस्नेतको प्यानल विजयी बनेको छ । उहाँले ८ सय ३० मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका खुमलाल अर्यालले ४ सय ४४ मत ल्याएर पराजित हुनुभएको छ ।

पछिल्लो परिणाम अनुसार गुल्मीको रेसुंगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने रुरु र छत्रकोट गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । चन्द्रकोट गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ । जिल्लाको ११ स्थानीय तहमा मतगणना जारी रहे पनि मदाने गाउँपालिकामा भने एमाले र कांग्रेसको विवादका कारण अझै मतगणना सुरु भएको छैन ।

बाजुराको गौमुल गाउँपालिका–१ मा एमाले बिजयी

बाजुराको गौमुल गाउँपालिका–१ को मतगणना सकिएको छ । एमालेका बलबहादुर रोकाया ५ सय ९० मत सहित वडाध्यक्षमा विजयी हुनुभएको छ । वडा नम्बर १ मा वडाध्यक्ष सहित प्यानलनै विजयी भएको छ ।

यस्तै गौमुल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । एमालेका हरि रोकाया ८ सय ९४ र उपाध्यका उम्मेदवार एमालेकै सीता रोकाया ८ सय ५४ मत सहित अगाडि हुनुहुन्छ । त्यस्तै कंग्रेसका अध्यक्षका उम्मेदवार देव बहादुर रोकाया ३ सय ८० र उपाध्यक्षका उम्मेदवार उमा रोकायाले ३ सय ९२ मत ल्याउनुभएको  ।

डोटीको सात मध्ये ६ वटा तहका पछिल्लो मत परिणाम

डोटीमा सबै स्थानीय तहका मतगणना सुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डोटीमा १ लाख १ हजार २१ मतदाता रहेका छन् । डोटीमा सात मध्ये ६ स्थानीय तहको पछिल्लो मत परिणाम

आदर्श गाउँपालिका

कांग्रेस: अध्यक्ष लक्षणबहादुर सिंह १३८ र उपाध्यक्ष कृष्णा ओझा १२८
एमाले: अध्यक्ष टेकबहादुर रोकाया १६१ र उपाध्यक्ष कमला ओझा १६५
माओवादी केन्द्र: अध्यक्ष भरत बोहरा ३२ र उपाध्यक्ष सञ्जा रोकाया ४०

दिपायल सिलगढी नगरपालिका

कांग्रेस: मेयर बाजीसिंह खड्का ४८७ र उपमेयर प्रसिस महरा ३३१
एमाले: मेयर मञ्जु मलासीले १८७ र उपमेयरका शिवराज खड्का १९६
माओवादी केन्द्र: मेयर प्रेम नेपाली ८७ र उपमेयर तुलसी सोब ३३८

शिखर नगरपालिका

कांग्रेस: मेयर सिताराम जोशी ६०६ र उपमेयर धौलीदेबी रावल ६१२
एमाले: मेयर शेरबहादुर मल्ला ४३२ र उपमेयर राधिका बोहरा ४४४
माओवादी केन्द्र: मेयर रमेश जोशी १४ र उपमेयर चन्द्रा साउद १४

डाक्टर केआई सिंह गाउँपालिका

कांग्रेस: अध्यक्ष लोकेन्द्र शाही २४२ र उपाध्यक्ष मिना विष्ट २४२
एमाले: यज्ञराज जोशी १०९ र उपाध्यक्ष निर्मला जोशी १०९
राष्ट्रिय जनमोर्चा: अध्यक्ष मिनबहादुर मलासी १११ र उपाध्यक्ष हरिना भण्डारी १११

सायल गाउँपालिका

कांग्रेस: अध्यक्ष धर्मराज जोशी २२ र उपाध्यक्ष पुर्णमाया थापा (विष्ट) २१
एमाले: अध्यक्ष तेजबहादुर डुम्रेल २१ र उपाध्यक्ष विष्णा सिंह ०
माओवादी केन्द्र: अध्यक्ष बलबहादुर ओली  ० र उपाध्यक्ष रेखा मडै २१

बड्डिकेदार गाउँपालिका

कांग्रेस: अध्यक्ष कृष्णबहादुर चन्द ९६ र उपाध्यक्ष चन्द्रा बोहरा ९६
एमाले: अध्यक्ष भक्तबहादुर साउद ६४ र उपाध्यक्ष भुवन मल्ल ६२
माओवादी केन्द्र: अध्यक्ष जंगबहादुर विक २९ र उपाध्यक्ष धनमाया घर्तिमगर २३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते
छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !
एसिया कप छनाेटः नेपाल युएइसँग ७८ रनले पराजित, छनाेट यात्रा अझ कठिन !
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना
भक्तपुर २ मा एमालेका महेश बस्नेतको सुरुवाती अग्रता
भक्तपुर २ मा एमालेका महेश बस्नेतको सुरुवाती अग्रता
उपराष्ट्रपति नन्दबहादुर पुन किन गए दाङतिर ?
उपराष्ट्रपति नन्दबहादुर पुन किन गए दाङतिर ?
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?