पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !

सारांश

  • नेपाललाई पर्यटकीय देशका रुपमा विश्वले चिन्दै आएको छ ।
  • नेपालमा भएका पर्वतीय, हिमाली भेगले नै पर्यटनको मुख्य आधार बन्दै विश्व भर चिनाएको हो ।
  • तर पनि त्यस सगँ सम्बन्धीन विषयमा नेपालमा पढाइ हुने व्यवास्था भने थिएन ।

नेपाललाई पर्यटकीय देशका रुपमा विश्वले चिन्दै आएको छ । नेपालमा भएका पर्वतीय, हिमाली भेगले नै पर्यटनको मुख्य आधार बन्दै विश्व भर चिनाएको हो । तर पनि त्यस सगँ सम्बन्धीन विषयमा नेपालमा पढाइ हुने व्यवास्था भने थिएन । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले पर्वतीय पर्यटनकै विषयमा स्नातक तहको पूर्ण कोर्सको पढाई नेपालमा नै पहिलो पटक सुरु गर्ने भएको छ । वर्षदेखि यो नयाँ विषय ‘माउन्टेन टुरिज्म म्यानेजमेन्ट’ पठनपाठन सुरु गर्न भर्ना समेत खुलाई सकेको छ ।

त्रिभुवन विश्वविद्यालय स्वायत्तत्ता सम्बन्धी नियम २०६२ अन्तर्गत रहेर यस क्षेत्रलाई सुहाउने र नेपालमा नै पहिलोपटक नयाँ विषयको रुपमा स्नातक तहमा चार वर्षे सेमेस्टर प्रणाली अन्तर्गत पाठ्यक्रम तयार गरी त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयको विषय समितिद्वारा निर्णय गरी त्यसको डिग्री कायम भई त्रिवि प्राज्ञिक परिषद्ले पास गरी गत कार्तिक १० मा वषेको त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार यस विषयलाई प्राज्ञिक स्वायत्तता प्राप्त भएको हो ।

पाठ्यक्रम समयानुकुल हेरफेर गर्ने अधिकार रहनेछ । क्याम्पस प्रमुख विरञ्जी गौतमले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढिरहेको क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरित गर्ने लक्ष्यका साथ अघि बढिरहँदा यस विषय भित्रनु खुशीको विषय भएको बताए । यो प्रदेश पर्वतीय पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पनि यस विषयमा दक्ष जनशक्ति आवश्यक रहेको उनले बताए । विषयगत ज्ञानले मुलुकमै पर्यटनको क्षेत्रमा फाईदा पुग्ने उनको भनाई छ । ब्याचलर तहमा आठ सेमेष्टर रहने यस कोर्षमा फिल्ड भिजिटलाई बढी जोड गरिएको छ । बिबिए प्रोग्राम कोओर्डिनेटर मेखराज पौडेलका अनुसार ग्रेड सिस्टममा परीक्षाफल प्रकाशन हुनेछ । चार वर्षमा कूल ३९ विषय समेटिने यस कोर्षमा व्यवस्थापनका आवश्यक विषयदेखि पर्यटनसँग सम्बन्धित १५ विषय, सामाजिक विज्ञान, कम्युनिकेशनका कोर्सहरु रहनेछन् । सातौं र आठौं सेमेस्टरमा अन्तर्राष्ट्रि भाषाको विषय समेत हुनेछ ।

विद्यार्थीले जापानिज, कोरियन, चाईनिज र फ्रेन्च भाषा छनौट गर्न सक्नेछन् । बल्ल यो कोर्स सुरु हुने भएकाले तीन वर्षपछि मात्र यस कोर्समा उनीहरु पुग्नेछन् । क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरी यस विषयबारे जानकारी गराएको हो । प्रमुख आमन्त्रित व्यक्तित्व पर्यटन विषयमा विज्ञ प्रा।डा। रमेशराज कुँवरले ६७ वर्षको नेपालको पर्यटनको इतिहासमा कम्तिमा ३० वर्ष अघि नै यो विषय हुनुपर्नेमा बल्ल सुरु हुँदा आफू जत्तिको खुशी अरु कोहि नभएको बताए । त्रिविले सञ्चालन गरेकै वर्ष जनप्रियमा पहिलो वर्ष नै यस विषय सञ्चालन हुन लागेकाले चुनौति समेत रहेको हुँदा यसलाई सफलतापूर्वक सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको जनाए । ‘नेपाल मात्र यस्तो देश हो, जहाँ यस विषयमा आवश्यक हरेक स्रोत साधन र आवश्यक पूर्वाधार छ ।’ उनले भने ‘कति देशमा पर्वतीय पर्यटनको सम्भावना नै छैन, कुनैमा ईच्छाशक्ति नै छैन ।’ कार्तिक २३ देखि मंसीर १२ सम्म फाराम वितरण, मंसीर १४ गते प्रवेश परीक्षा तोकिएको छ ।

हाललाई जनप्रिय क्याम्पसले पहिलो ब्याचमा २५ जनालाई मात्र छनौट गर्ने जनाएको छ । क्याम्पसका सह क्याम्पस प्रमुख भेषराज बरालले मास कम्युनिकेशनका कक्षाको पनि अनुमति प्राप्त गरेको जनाए । जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगल तोकेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मापदण्ड पूरा गरी क्यूएए –गुणस्तर प्रत्यायन को प्रमाणपत्र क्याम्पस हो । क्याम्पसमा बिबिए लगायत विभिन्न संकाय गरी साढे चार हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु
कालीगण्डकीमा मोटरेबल पुल निर्माण शुरु
‘बम्जनद्वारा ३ आनी बेपत्ता’
‘बम्जनद्वारा ३ आनी बेपत्ता’
यी युवती बन्दैछिन् अनमोलको ‘क्याप्टेन’ को नायिका ?
यी युवती बन्दैछिन् अनमोलको ‘क्याप्टेन’ को नायिका ?
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत

तपाईंले छुटाउनुभयो कि?