अज्ञात रोगले विद्यार्थी बिरामी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४७ पटक हेरिएको
Shares
अज्ञात रोगले विद्यार्थी बिरामी

सारांश

  • डाेटी दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन्।
  • यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए।
  • उनका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा र्याल जस्तो पानी बग्ने गरेको छ।

डाेटी दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन्। यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए।

उनका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा र्याल जस्तो पानी बग्ने गरेको छ।  विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नहुँदा अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको सो विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताए।

उनले भने, “विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको छ।” प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले विद्यार्थी कसरी र के कारणले बिरामी परेका हुन् सो विषयमा बुझ्न तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाइएको बताए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?