अठार सय मेगाहर्ज ब्याण्डमा एनसेल छनोट

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २, २०७६
|
|
५१ पटक हेरिएको
Shares
अठार सय मेगाहर्ज ब्याण्डमा एनसेल छनोट

सारांश

  • नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढमा आज एनसेल प्रालि छनोट भएको छ ।
  • मुलुकमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न प्राप्त सीमित स्रोत साधनको अधिकतम उपयोगको वातावरण सिर्जना गराइ समृद्धिमा सघाउन प्राधिकरणले सो फ्रिक्वेन्सी बढाबढ गरेको हो ।
  • प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ प्रक्रियाको लागि एक वर्षअघि सूचना प्रकाशन गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढमा आज एनसेल प्रालि छनोट भएको छ ।
मुलुकमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न प्राप्त सीमित स्रोत साधनको अधिकतम उपयोगको वातावरण सिर्जना गराइ समृद्धिमा सघाउन प्राधिकरणले सो फ्रिक्वेन्सी बढाबढ गरेको हो ।

प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ प्रक्रियाको लागि एक वर्षअघि सूचना प्रकाशन गरेको थियो । बढाबढको सूचनामा एनसेल र नेपाल टेलिकमले आफ्नो सेवा दिने मूल्य दाबीसहित भाग लिएका थिए । प्राधिकरणले आज आयोजना गरेको बढाबढ कार्यक्रममा एनसेलको रु पाँच करोेड ८० लाख र टेलिकम कम्पनीको रु पाँच करोड एक हजार पर्न आएको जानकारी दिइयो ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार फोर जि र पाइभ जि सेवा प्रवाहको सुनिश्चितताका लागि फ्रिक्वेन्सी व्यवस्थापन गरिएको हो । प्राधिकरण नेपाल सरकारको दूरसञ्चार क्षेत्रको नियमन र नीतिगत सुझाव दिने निकाय हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
1xbet Mobil Versiyası: Ümumi Baxış, Necə Mərc Etmək Olar
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?