सरकारलाई नटेर्ने मेडिकल कलेजहरु
सारांश
- काठमाडौं।
- सरकारले तोकेभन्दा बढी शुल्क उठाएको भन्दै तीन महिनादेखि मेडिकल कजेलका विद्यार्थीको आन्दोलन जारी छ।
- मेडिकल कलेजलेहरुले एमबीबीएस र बीडीएसको शुल्क सरकारले तोकेभन्दा बढी उठाएपछि विद्यार्थीहरु फिर्ता पाउन आन्दोलनरत छन्।
काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क उठाएको भन्दै तीन महिनादेखि मेडिकल कजेलका विद्यार्थीको आन्दोलन जारी छ। मेडिकल कलेजलेहरुले एमबीबीएस र बीडीएसको शुल्क सरकारले तोकेभन्दा बढी उठाएपछि विद्यार्थीहरु फिर्ता पाउन आन्दोलनरत छन्।
सरकारले निर्धारण भन्दा बढी शुल्क फिर्ता वा समायोजन गर्न दिएको निर्देशन मेडिकल कलेजहरुले अटेर गरेका छन्। सरकारले पटक पटक बढाउँदै १५ दिनको अन्तिम म्याद दिएको थियो। गत कात्तिक २४ गते दिएको म्याद हिजो (आइतबार) सकिएको छ। निर्देशन पालना नगरे ठगीको अभियोगमा कारवाही चलाउने सरकारले चेतावनी दिएको थियो।
कलेज संचालकहरुले भने सरकारले तोकेको शुल्कमा पढाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने चेतावनी दिँदै आएका छन्। सम्पत्ति शुद्धीकरण विभागले केही कलेजमा छापा पनि मारेको छ। आइतबार चितवन मेडिकल कलेजका विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए
प्रतिक्रिया