भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २७, २०७७
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।
  • काठमाडौँ उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको सङ्गठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा सरकारले यस्तो निर्णय गरेको हो ।
  • त्यस्तै भदौ १ गतेदेखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताउनु भएको छ ।

सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको सङ्गठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा सरकारले यस्तो निर्णय गरेको हो । त्यस्तै भदौ १ गतेदेखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताउनु भएको छ ।

कलकारखाना, उद्योग, निर्बाध रुपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले सङ्क्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाइ गर्ने निर्णय गरेको छ । साथै, उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाइ गर्ने निर्णय गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनटीईके-जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित
एनटीईके-जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित
यि हुन पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीहरु !
यि हुन पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीहरु !
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो
दलित सङ्ग्रहालय निर्माण
दलित सङ्ग्रहालय निर्माण
०७५ सालमा बिहेको साइत जम्मा १४ दिन
०७५ सालमा बिहेको साइत जम्मा १४ दिन
प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने, उपेन्द्र यादवलाई झट्का
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने, उपेन्द्र यादवलाई झट्का
परराष्ट्रमन्त्री ज्ञवालीको गर्जन: सत्ता टिकाउन कसैसँग तमसुक लेखाउन जरुरी छैन !

तपाईंले छुटाउनुभयो कि?