प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदा हेमन्तप्रकाश पक्राउ
सारांश
- विराटनगर, फागुन ६ ।
- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेतालाई गिरफ्तार गरेको छ ।
- विराटनगरमा हुन लागेको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेको हो ।
विराटनगर, फागुन ६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेतालाई गिरफ्तार गरेको छ ।
विराटनगरमा हुन लागेको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेको हो ।
प्रहरीले विप्लव नेकपाका स्थायी समिती स्थायी समिति हेमन्त सदस्य प्रकाश ओली शुदर्शनसहित सातजनालाई आइतवार गिरफ्तार गरेको हो ।
नेकपाका स्थायी समिति सदस्य शुदर्शन र पोलिट्ब्युरो सदस्य पदमबहादुर राई ‘विकास’ सहित सातजनालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
अहिले दिउँसो उद्घाटन हुने युवाको सम्मेलनका प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदै गर्दा ओली बाटैबाट गिरफ्तार भएका हुन् । त्यसैगरी विराटनगरको गुद्री बजारस्थित सम्मेलनस्थलमा प्रहरीले हस्तक्षेप गरेर कार्यक्रम पनि बिथोलिदिएको छ ।
प्रतिक्रिया