नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले कहिल्यै नगरेको गल्तीको सजाय भोग्नुपरेको बताएकी छिन् ।
  • पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा बोल्दै राष्ट्रपति भण्डारीले नेपालीलाई न्याय दिने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्ने बताइन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले कहिल्यै नगरेको गल्तीको सजाय भोग्नुपरेको बताएकी छिन् ।

पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा बोल्दै राष्ट्रपति भण्डारीले नेपालीलाई न्याय दिने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्ने बताइन् ।

नेपाल हिमाल, पहाड, तराईमा रहेको अतिकम विकसित राज्य भएकाले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको जानकारी दिँदै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएको जानकारी गराइन् । तर पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा हुँदै गएको, हिमनदी फुट्ने सम्भावना बढेकाले नकारात्मक असर पुगेको बताइन् ।

‘‘हिमपहिरो, बाढीपहिरो र सुखापना पहिलेभन्दा अझै नकारात्मक भएको छ । पहाडमा भूक्षय तथा पहिरो बढिरहेको छ । प्राकृतिक स्रोतमा अप्राकृतिक प्रभाव पर्दा ग्रामीण जलप्रणालीमा अवरोध आएको छ । प्रकोपबाट सिर्जना हुने समस्या समाधान गर्न हामी आफ्नो राष्ट्रको आयमा ठूलो क्षति व्यहोर्न बाध्य भएका छौँ । नेपालको प्रमुख उत्पादनशील भूमि बाढी र डुबानबाट निरन्तर प्रभावित भएको छ । यसले कृषि क्षेत्रमा प्रमुख प्रभाव पारेको छ ।’’

राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपका कारण प्रत्यक्ष रुपमा महिला तथा स्थानीय जनतामा प्रभाव पारेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि घण्टौँ लगाएर पानी बोक्नु परेको ग्रामीण महिलाको कठिनाइ आफूले अनुभव गरेको जानकारी गराइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?