सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिष्द गठन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २७, २०७९
|
|
५३ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिष्द गठन

सारांश

  • सुदूरपश्चिम ।
  • सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गरेका छन् ।
  • कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिएका छन् ।

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्दको गठन तथा कार्यविभाजन गरेका छन् ।

कार्यविभाजन अनुसार कमलबहादुर शाह मुख्यमन्त्री, आन्तरिक मामिला, उद्योग पर्यटन वन तथा वातावरण, भूमिव्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्री, प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा नरेशकुमार शाही आर्थिक मामिला मन्त्री तोकिएका छन् ।

मुख्यमन्त्री शाहले पहिलो चरणमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समटेर मन्त्रिपरिषद् गठन गरेका हुन् । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री देउवा गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ तथा आर्थिक मामिला मन्त्रीमा नियुक्त शाही बाजुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त मुख्य मन्त्री र अन्य मन्त्रीलाई छुट्टाछुट्टैरुपमा पद तथा गोपनीयताको सपथ गराए ।

यसैबीच मुख्यमन्त्री शाहले आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना समिति गठन भएको र समितिले ३० दिनभित्र दिने प्रतिवेदनका आधारमा भ्रष्टाचार नियन्त्रणको योजना अघि बढ्ने पहिलो निर्णय गरिएको जानकारी दिए । पत्रकारको जिज्ञासामा मुख्यमन्त्री शाहले जनतालाई महशुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अर्को प्रसङ्गमा उनले आफ्नो नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत पाउनेमा ढुक्क भएको बताए । भौतिक पूर्वाधार विकास मन्त्री र आर्थिक मामिला मन्त्रीले पनि आजै मन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेशको मुख्यमन्त्रीमा बिहीवार नियुक्त गरेका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुख वाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।
गोविन्दराज जोशीको आक्रोस ,निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक ।
क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइदै
आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइदै
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित
एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित
म्याग्दीमा ४५ प्रतिशत मतदान
म्याग्दीमा ४५ प्रतिशत मतदान
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा

तपाईंले छुटाउनुभयो कि?