निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २६, २०७५
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • महेन्द्रनगर, २६ भदाै ।
  • निर्मला पन्त हत्या प्रकरणका अभियुक्त भनिएका दिलिप विष्टलाई मंगलबार रिहा गरिएकाे छ ।
  • विष्टलाई सरकारी वकिल कार्यालय कञ्चनपुरले साधारण तारेखमा रिहा गरेको हाे।

महेन्द्रनगर, २६ भदाै । निर्मला पन्त हत्या प्रकरणका अभियुक्त भनिएका दिलिप विष्टलाई मंगलबार रिहा गरिएकाे छ । विष्टलाई सरकारी वकिल कार्यालय कञ्चनपुरले साधारण तारेखमा रिहा गरेको हाे।  तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले घटनाको मुख्य अभियुक्तको रुपमा  दिलिपलाई सार्वजनिक गरेका थिए।

मानसिक सन्तुलन ठिक नभएका विष्टलाई अभियुक्त बनाएपछि कञ्चनपुरमा आन्दोलन भएको थियो। उक्त आन्दोलनमा एक जनाको ज्यान जानुका साथै १० जना भन्दा बढी घाइते भएका थिए। यस्तै, घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदीबहिनीमध्ये निर्मलाकी साथी रोशनी बमलाई साधारण तारेखमा रिहा गरिएको छ भने बबितालाई ३० हजार धरौटीमा रिहा गरिएको हाे।

घटनाको उच्चस्तरीय छानविन समिति र मानवअधिकार आयोग तथा महिला आयोगले छानविन गरिरहेको छ। अनुसन्धानमा असन्तुष्टि जनाउँदै सोमवार मात्र छानविन समितिका सदस्य वीरेन्द्र केसीले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !
पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए
पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
सरकारलाई  सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !
सरकारलाई सर्वोच्च अदालतको २४ घण्टे अल्टिमेटम !
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
गुण्डा नाइके दावा लामा भारतमा परे पक्राउ
गुण्डा नाइके दावा लामा भारतमा परे पक्राउ

तपाईंले छुटाउनुभयो कि?