अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच

सारांश

  • भद्रपुर, झापा ।
  •  मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ ।
  • अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो ।

भद्रपुर, झापा । मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको
निःशुल्क आँखा जाँच गरेको छ ।

अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो ।

सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष हुन नदिन र भए निःशुल्क उपचार गर्ने उद्देश्यले ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको अस्पतालले जनाएको छ ।

विद्यालयमा अध्ययनरत छदेखि १८ वर्षसम्मका बालबालिकाको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष न्यूनीकरण र निराकरणका लागि मेची आँखा अस्पलात बिर्तामोडले ‘नेपाल रिच प्रोजेक्ट’ सञ्चालन गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताए ।

कार्यक्रममा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गर्दा ७९३ विद्यार्थीलाई चस्मा सिफारिश गरिएको र जसमध्ये ४६१ जना विद्यार्थीलाई चस्मा वितरण गरिसकिएको अस्पतालका डा जोशीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील
रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)
३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित)
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
ए डिभिजन लिग फुटबल:  एनआरटीमाथि च्यासलको  जित
ए डिभिजन लिग फुटबल: एनआरटीमाथि च्यासलको जित
सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

तपाईंले छुटाउनुभयो कि?