अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०८०
|
|
५२ पटक हेरिएको
Shares
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन् ।
  • राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन् ।

राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भने ।

अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रमबजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिक पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए ।

उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भने ।

यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहोर्याउँछु भने ।

भेटमा राजदूत युसुफबिन मोहम्मद अल–हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।

उनले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूको चासो राखेर नेपाल सरकारका निकायमा पाँच–छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गरे । उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्न कुनै समस्या नरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्कृष्ट पुरस्कार पाएका कर्मचारीले घुस खाएपछि पक्राउ
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
मुख्यसचिव बन्न ‘चाकडी’मा व्यस्त शंकरदास वैरागी
मुख्यसचिव बन्न ‘चाकडी’मा व्यस्त शंकरदास वैरागी
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने
एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
बाबर हायातको शतकीय पारीमा हङकङद्वारा नेपालसामु २६२ रनको लक्ष्य: सन्दीप र शेरको उत्कृष्ट बलिङ
बाबर हायातको शतकीय पारीमा हङकङद्वारा नेपालसामु २६२ रनको लक्ष्य: सन्दीप र शेरको उत्कृष्ट बलिङ
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

तपाईंले छुटाउनुभयो कि?