एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने

सारांश

  • भक्तपुर ।
  • राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।
  • नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे ।

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे ।

बोर्डका अध्यक्ष डा शर्माले भने, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।”

कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए ।

मार्गनिर्देशनमा नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ्क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए । उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेशनल प्याप्सनका केन्द्रीय सदस्य जिबि खड्कालगायतले कोभिडका कारण बिग्रिदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’
साउदीले स्वीकार्याे पत्रकारकाे हत्या
साउदीले स्वीकार्याे पत्रकारकाे हत्या
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
सवा दुई अर्व लिन इण्डियन आयलको दवाव
सवा दुई अर्व लिन इण्डियन आयलको दवाव
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी

तपाईंले छुटाउनुभयो कि?