अनलाइन विज्ञापनबाट ठगी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अनलाइन विज्ञापनबाट ठगी

सारांश

  • पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ ।
  • व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् ।
  • आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ ।

पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ ।

यसरी सामान खरिदमा विचार पु¥याइएन भने ठगिन सक्ने प्रवल सम्भावना छ । यस्तै एउटा घटना काठमाडौँमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा देखिएको अनलाइन विज्ञापनबाट सम्पर्कमा आएका व्यक्तिलाई अमेरिकाबाट ल्याइएको आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी र शृङ्गारलगायतका सामान सस्तो मूल्यमा दिने भनेर ठगी गरेको खुल्न आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले यसरी विज्ञापन गरेर केही व्यक्तिले लाखौँ ठगी गरेको खुल्न आएको जानकारी दिनुभयो । अनलाइनबाट सम्पर्कमा आएका उपभोक्तालाई ठगी गरेको भन्ने सूचना आएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई भक्तपुर बस्ने अमिर थापा र भक्तपुर कमलविनायकका अमन अवाल रहेको महाशाखाले जनाएको छ ।

एक महिनाको अवधिमा उनीहरुले सर्वसाधारणबाट रु आठ लाख बढी ठगी गरेको खुल्न आएको र उनीहरुको विषयमा थप अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसरलाई बुभाइएको महाशाखाले जनाएको छ । यस्ता शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्ल्याहा बच्चा जन्माउने इनारको पानी
जुम्ल्याहा बच्चा जन्माउने इनारको पानी
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
यसकारण हटाइए लीलामणि
यसकारण हटाइए लीलामणि
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ :  थापा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ : थापा
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड
करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड
फेरी गयो ४.१ रेक्टर स्केलको भूकम्प !
फेरी गयो ४.१ रेक्टर स्केलको भूकम्प !