अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल: मोदी

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र १३, २०७५
|
|
५० पटक हेरिएको
Shares
अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल: मोदी

सारांश

  • नयाँदिल्ली, १३ चैत ।
  • भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।
  • भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो ।

नयाँदिल्ली, १३ चैत । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो ।

संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ ।टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।”

भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो ।प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताउनुभएको छ । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उहाँले स्पष्ट गर्नुभयो ।

भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ ।प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित
प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध नौं वटा उजुरी
प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध नौं वटा उजुरी
बुबाअामाकाे सम्झनामा स्वास्थ्यचौकीकाे भवन निर्माण !
बुबाअामाकाे सम्झनामा स्वास्थ्यचौकीकाे भवन निर्माण !
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति
श्रीयन्त्र पुज्दै सर्वोच्चमा दिनभर स्वस्तिशान्ति

तपाईंले छुटाउनुभयो कि?