अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

सारांश

  • काठमाडौँ ।
  • अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।
  • कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

काठमाडौँ । अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आइरहेको प्रतियोगिता संयोजक क्षेत्रीले बताए ।

उनका अनुसार पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको छ ।

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गरेको थियो ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहने छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,
बिजुली गाडी चार्ज गर्न कति खर्च लाग्छ ?
बिजुली गाडी चार्ज गर्न कति खर्च लाग्छ ?
एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’
एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’
वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले

तपाईंले छुटाउनुभयो कि?