अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १८, २०७९
|
|
६० पटक हेरिएको
Shares
अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको मृत्यु

सारांश

  • एजेन्सी ।
  • अफगानिस्तानको राजधानी काबुलबाट पश्चिम तर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि ५३ पुगेको छ।
  • अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सो कुराको जानकारी दिएको हो।

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिम तर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि ५३ पुगेको छ।

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सो कुराको जानकारी दिएको हो। उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ।

त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका छन्। अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो। सो शैक्षिक केन्द्रमा ठूलो संख्याका विद्यार्थी जम्मा भएका थिए।

उनीहरूले परीक्षाको तयारी गरिरहेका बेला सो आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ। यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको सो हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन।

अफगानिस्तानमा गएको वर्ष दिन भन्दा लामो समयदेखि तालिवानीहरूको शासन रहेको छ। त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?