अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १६, २०७६
|
|
६३ पटक हेरिएको
Shares
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् ।
  • उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्।
  • बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् । उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने भन्दै प्रधानमन्त्री ओलीले सहमति नतोड्ने विश्वास दिलाए । उनले भनेका छन्,‘जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो । त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दुस्ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु ।

तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के(के हुन् भनेर भनिराखेको छु । त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं । त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नु हुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। यो भन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ ।’

उनले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको पनि सुनाए । मोदीसँगमात्रै नभएर चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि असाध्यै राम्रो सम्बन्ध रहेको कुरा आफूले भारतमा मोदी र जिनपिङलाई एकैपटक भेट्दा थाहा पाएको सुनाए ।

(exitonetaproom.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो
यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका
प्रधानमन्त्री प्रचण्डले भन्छन्: आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ
प्रधानमन्त्री प्रचण्डले भन्छन्: आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
कतै असिनापानी, कतै हावा मात्रै किन ?
कतै असिनापानी, कतै हावा मात्रै किन ?

तपाईंले छुटाउनुभयो कि?