अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
सारांश
- शिखरन्युज ३, असार- नेपालका लागि भारतले तीनवटा हवाई रुट थप्नेगरी खुल्ला गर्न सहमति जनाएको छ ।
- अन्तर्राष्ट्रिय उडानका जहाज भारतको आकाश हुँदै नेपाल आउँदा सिमराको रुटबाट मात्र आउन पाउने गरेका थिए ।
- नेपालले मागेका मध्ये तीनवटा थप हवाई रुटलाई तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भारतले निर्णय गरेको छ ।
शिखरन्युज ३, असार- नेपालका लागि भारतले तीनवटा हवाई रुट थप्नेगरी खुल्ला गर्न सहमति जनाएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज भारतको आकाश हुँदै नेपाल आउँदा सिमराको रुटबाट मात्र आउन पाउने गरेका थिए ।
नेपालले मागेका मध्ये तीनवटा थप हवाई रुटलाई तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भारतले निर्णय गरेको छ । नेपालले मागेको नेपालगन्ज रुटबारे भारतले सहमति दिइसकेको भने छैन । त्यस विषयमा पछि निर्णय बताएको छ ।
जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अबदेखि भने भारततर्फबाट नेपाल आउँदा विराटनगर, जनकपुर र महेन्द्रनगर रुटबाट जहाज आउन जान बाहिरिन सक्ने भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार नेपाल र भारतबीचको पछिल्लो सहमतिअनुसार विराटनगर र जनकपुरबाट ३१ हजार फिटभन्दा माथि उड्ने ठूला जहाजसमेत आउन र जानसक्ने भएका छन् ।
प्रतिक्रिया