एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण ५, २०८१
|
१
|
५४ पटक हेरिएको
Shares
एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सारांश

  • काठमाडौं।
  • आर्थिक वर्ष २०७९-८० मा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा गत आव २०८०–८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख थप भएको छ ।
  • यससँगै मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब ३३ करोड ९४ लाख पुगेको छ ।

काठमाडौं। आर्थिक वर्ष २०७९-८० मा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा गत आव २०८०–८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख थप भएको छ । यससँगै मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब ३३ करोड ९४ लाख पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँले थप भएको छ । गत वर्षको साउनदेखि असार मसान्तसम्ममा १ खर्ब ३४ अर्ब ऋण थपिएर यस्तो ऋण २४ खर्ब ३३ अर्ब पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अहिलेसम्मको ऋण कुल गार्हस्थ उत्पादका आधारमा ४२ दशमलव ६५ प्रतिशत हो । नेपालको गार्हस्थ उत्पादन अहिले ५७ खर्ब रहेको छ । गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्मलाई खराब मान्न नहुने सरकारी अधिकारी दाबी गर्छन् भने अर्थशास्त्रीहरू नेपालजस्तो मुलुकका लागि ४० प्रतिशत नाघ्नु खतराको संकेत भएको तर्क गर्छन् ।

नेपालको अहिलेको कुल आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ रहेको छ भने १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँबराबरको बाह्य ऋण रहेको छ । अघिल्लो असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

गत आवमा सरकारले आन्तरिक ऋण मात्रै ५१ अर्ब र बाह्यतर्फ ८२ अर्ब रुपैयाँबराबरको ऋण थपिएको छ । आव २०८०–८१ मा कुल ३ खर्ब ५८ अर्ब २ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । यसमध्ये बाह्यतर्फ १ खर्ब २३ अर्ब ६० करोड र आन्तरिकतर्फ २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँबराबरको ऋण प्राप्ती भएको छ ।

सरकारले गत आवमा कुल २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ कर्जा तिरेको पनि छ । जसमा आन्तरिक कर्जा १ खर्ब ८२ अर्ब ६२ करोड भुक्तानी गरेको तथ्यांक रहेको छ भने बाह्यतर्फ ४० अर्ब ७२ करोड मात्रै भुक्तानी गरेको तथ्यांक रहेको छ ।

आव २०८०–८१ मा सरकारले बजेटमार्फत ऋण सेवा खर्चमा ३ खर्ब ३० अर्ब बजेट विनियोजन गरेको थियो । तर, राजस्व उठाउन नसकेपछि सरकारले यस वर्ष ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ । यो विनियोजित बजेटका आधारमा ९२ प्रतिशत मात्र हो । सरकारले ४३ प्रतिशत गार्हस्थ उत्पादनको कर्जा लिँदा ऋण सेवा खर्च भने ५ दशमलव ३५ प्रतिशत मात्र गरेको छ ।

सरकारले गत आवमा ४ खर्ब ५२ अर्ब ऋण लिने योजना बनाएको थियो । तर, सरकारले वार्षिक बजेटको तुलनामा ७९ प्रतिशत अर्थात् ३ खर्ब ५८ अर्ब २ करोड मात्र ऋण उठाउन सक्यो । यस हिसावले सरकार गत आवमा कर्जा उठाउन पनि असफल देखिएको छ । कुल ऋणमध्ये आन्तरिकतर्फ अधिकतम् ९७ दशमलव ६८ प्रतिशत प्राप्ति भएकामा बाह्य (विदेशी) ऋणतर्फ लक्ष्यको जम्मा ५८ दशमलव १० प्रतिशत मात्र प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ब्याज भु्क्तानीका लागि मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ खर्च गरिएको छ । यसमध्ये आन्तरिक ऋणको भुक्तानीका लागि ७२ अर्ब रुपैयाँ र बाह्य ऋणको भुक्तानीका लागि ४० अर्ब रुपैयाँ खर्च गरिएको छ ।

सरकारले लिएको ऋणलाई जनसंख्याको आधार लिने हो भने अहिलेको ऋणको आकारका आधारमा प्रतिव्यक्ति ऋण ८३ हजार नाघेको छ । यसमध्ये झन्डै ४० हजार ५ सय तथा बाह्यतर्फ ४८ हजार ९ सय हाराहारी हुन आउँछ । यद्यपि, यो राज्यले लिएको ऋण भएकाले जनताको टाउकामा भने आउँदैन । कुनै पनि सर्वसाधारणले मेरो भागको ऋण तिर्छु भन्न पाउँदैन र उसको दायित्वभित्र पर्दैन पनि ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bestiptv-smarters

    My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
गृहमन्त्रीको आदेशमा मन्त्रालयभित्रै थुनियो चिकित्सक
टानको महासचिव पदमा संगम शेर्पाको उम्मेद्दारी, को हुन् शेर्पा ?
टानको महासचिव पदमा संगम शेर्पाको उम्मेद्दारी, को हुन् शेर्पा ?
बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु
बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु

तपाईंले छुटाउनुभयो कि?