अब गाउँगाउँमा सुरक्षा शिक्षक खटाउँछौं : एआइजी चन्द

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
अब गाउँगाउँमा सुरक्षा शिक्षक खटाउँछौं : एआइजी चन्द

सारांश

  • रुकुम ।
  •  ६ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक (एआइजी) रणबहादुर चन्दले समाजमा हुने विभिन्न नराम्रा कार्यहरुको रोकथाम शिक्षाका लागि गाउँगाउँमा सुरक्षा शिक्षक खटाउने बताएका छन् ।
  • सदरमुकाम, गाउँपालिका र प्रहरी चौकी मात्र सीमित रहेर मात्र प्रहरी समाजलाई बुझ्न र समाजमा हुने साना देखि ठुला घटनाक्रम रोक्न सम्भव नहुने भन्दै केही समयभित्रै सुरक्षा शिक्षक खटाउने कार्ययोजना भएको बताए ।

रुकुम । ६ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक (एआइजी) रणबहादुर चन्दले समाजमा हुने विभिन्न नराम्रा कार्यहरुको रोकथाम शिक्षाका लागि गाउँगाउँमा सुरक्षा शिक्षक खटाउने बताएका छन् ।

सदरमुकाम, गाउँपालिका र प्रहरी चौकी मात्र सीमित रहेर मात्र प्रहरी समाजलाई बुझ्न र समाजमा हुने साना देखि ठुला घटनाक्रम रोक्न सम्भव नहुने भन्दै केही समयभित्रै सुरक्षा शिक्षक खटाउने कार्ययोजना भएको बताए ।

यसक्षेत्रको सुरक्षा अवस्थालाई अध्ययनका रुकुम पुगेका उनले सोमबार जिल्ला प्रहरी कार्यालय रुकुममा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । ‘गाउँमा हुने ठगी, प्रहरीसँग सम्बन्धित कानुनी विषय र अपराधसँग सम्बन्धित विषयमा प्रहरी आफैं गाउँगाउँ र घरघरमा पुगेर त्यससम्बन्धी जानकारी लिने र गाउँको सूचना लिने काम हुनेछ’ उनले भने, ‘उदाहरणको लागि गाउँमा कतै सुन धोएर सफा गरिदिन्छु भनेर ठगी गर्ने होला, सस्तो सुन दिएर पित्तल बेच्ने होला त्यस्तै त्यस्तै विभिन्न ठगीका कार्य रोख्न प्रहरीले सस्तो भइरहेको छ सहज हुनुहोला भनेर भन्ने काम गर्छ।’

कार्यक्रम जिल्लास्थित विभिन्न सरोकारवाला व्यक्तिहरुले बढ्दै गरेको अपराध श्रृखला, लागुऔषध उत्पादन ओसारपसार र बिक्रिबितरणको कार्यलाई पुर्ण रुपमा रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?