प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
सारांश
- काठमाडौँ, साउन २३।
- प्रदेश १ को प्रदेश सभाको दोश्रो अधिवेशनको २९ औ बैठक सम्पन्न भइसकेको छ ।
- प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागि नसकेको अवस्थामा स्थायी संरचना निर्माणको प्रक्रियाको रकम समेत फ्रिज भयर गयको छ।
काठमाडौँ, साउन २३। प्रदेश १ को प्रदेश सभाको दोश्रो अधिवेशनको २९ औ बैठक सम्पन्न भइसकेको छ । प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागि नसकेको अवस्थामा स्थायी संरचना निर्माणको प्रक्रियाको रकम समेत फ्रिज भयर गयको छ।
नेकपा को बहुमत रहेको प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन। प्रदेश १ मा जब सभामुख प्रदीप भण्डारीले विधेयक पारित गर्न सांसद हरु को राय बुझ्ने क्रम चल्छ, सांसदहरु समर्थन जनाउछन।सभासदस्यका लागि आवश्य टेबल र साथमा माइकको व्यवस्था नहुदा उनीहरु कोइ ताली पडकाउदै समर्थन जनाउछन कोही आफ्नो हातमा भयको डायरी र नोटबुक ठटाएर सभामुखलाई जनाउदिन्छन् ।सांसदहरु बस्न को लागि कुर्सीहरू राखियको भयपनी अगाडि टेबलसम्मको ब्यबस्था र माइकको व्यवस्था संसद सचिवालयले गर्न सकेको छैन ।रोष्टमबाट माननीयले राखेको विचारप्रति नियमापत्ति जनाउन पनि माइकको अभावमा समस्या रहेको छ ।
रोष्टमबाट माननीयहरुले राखेको विचारप्रति आपत्ति जनाउन पनि माइकको अभाव समस्या छ ।’ सांसदहरुले दोश्रो अधिवेशनको २९ औं बैठक सम्पन्न हुँदा पनि आसनमा टेबल र माइक राखिएको थिएन ।संसद बैठक चलिरहँदा रोष्टम प्रयोग गरी आफ्ना कुरा राखिरहँदा विमती राख्दै आफ्नो स्थानबाट उठेर नियमापत्ति जनाउन आफ्नो कुरा राख्ने संसदीय अभ्यास छ । तर यी सबै कुराबाट प्रदेशसभा का सांसद हरु बञ्चित छन ।
१ नम्बर प्रदेशको नाम र स्थायी राजधानीको लागी समेत बहुमत प्राप्त प्रदेश सरकार अलमलमा रहेको छ,प्रदेश को नाममा घरी सगरमाथा वा कोशी,कहिले किरात र लिम्बुवान राख्ने कुरा आईरहेको छ ।प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईले समेत नाम र राजधानी मा अलमल देखीएका छन सभामुख भण्डारीले भने, ‘तत्काललाई साँघुरो हल र कोठामा संसद सचिवालयको काम कारबाही अघि बढाउन हामी पनि बाध्य भएका छौं ।
यतिका समय भइसक्दा पनि आबश्यक संरचना नहुँदा नाम र स्थायी राजधानी चयन गर्न नसक्दा संसदीय अभ्यास नै नभएको जस्तो भान हुने गरेको भन्दै यस विषयमा प्रदेश सरकारसँग सम्वाद जारी रहेको समेत भण्डारीले बताए ।
प्रतिक्रिया