३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा

सारांश

  • सलिम अन्सारी , असोज २४ , प्युठान ।
  • प्रहरीले ३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा लगाएको छ ।
  • जिल्ला बालकल्याण समितिमार्फत सोमबार बिक्रम सामत सुनिल सामत र धने सार्किलाई अभिभावकको जिम्मा लगाइएको हो ।

सलिम अन्सारी , असोज २४ , प्युठान । प्रहरीले ३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा लगाएको छ । जिल्ला बालकल्याण समितिमार्फत सोमबार बिक्रम सामत सुनिल सामत र धने सार्किलाई अभिभावकको जिम्मा लगाइएको हो ।

होटलमा काम गर्ने भन्दै काठमाडौं जान लागेको अवस्थामा सरुमारानी–४ बड्डडाडा चोकबाट प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको थियो । जिल्लाको ऐरावती गाउँपालिका –३ काउले निवासी १३ बर्षका बिक्रम सामत, १४ बर्षका सुनिल सामत र १५ बर्षका धने सार्किलार्इ उद्धार गरि जिल्ला बालकल्याण समितिमार्फत आफन्तको जिम्मा लगाइएको प्युठानका प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

नाताले आफ्नै काका पर्ने बिरे सार्किसँग होटलमा काम गर्ने भन्दै आइतवार साँझ उनीहरु काठमाडौं जान लागेका बेला प्रहरीले बसमा फेला पारेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?