अब मधेसमा नेकपा एमाले पहिलो दल बन्छ :पण्डित
सारांश
- नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मधेसमा नेकपा एमाले पहिलो दल बन्ने उदघोष गरेका छन् ।
- सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह गरेका छन् ।
- कार्यक्रममा बोल्दै अर्की एमाले नेतृ भगवती चौधरीले अब मधेसी र थारुहरुले नेकपा एमालेलाई साथ दिनुपर्ने बताइन् ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मधेसमा नेकपा एमाले पहिलो दल बन्ने उदघोष गरेका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै अर्की एमाले नेतृ भगवती चौधरीले अब मधेसी र थारुहरुले नेकपा एमालेलाई साथ दिनुपर्ने बताइन् ।
सुनसरी सदरमुकाममा एमालेले मधेसी मोर्चाका नेताहरुको विरोधका बाबजुद कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली लगायतका शीर्ष नेताहरु मञ्चमा बसे पनि मन्यव्य दिने काममा स्थानीय मधेसी र थारु नेताहरुलाई खटाइएको थियो । पार्टी अध्यक्ष ओलीले सम्वोधन गरेनन् ।
सानो संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले कालोझण्डा र नाराबाजी गरे पनि प्रहरीले उनीहरुलाई रोकेका कारण इनरुवामा एमालेको सभा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया