नेपाललाई उपाधी जित्न ८२ रन अावश्यक !
सारांश
- काठमाडाैँ २६ असाेज ।
- मलेसियामा जारी टि–ट्वान्टि विश्वकप एसिया बि छनोट प्रतियोगिताकाे अन्तिम खेलमा नेपालले ८२ रनकाे लक्ष्य पाएकाे छ ।
- टस हारेर पहिले ब्याटिङ् गरेकाे सिंगापुरले ८१ रन बनाएर सबै विकेट गुमाएपछि नेपालले ८२ रनकाे लक्ष्य पाएकाे हाे ।
काठमाडाैँ २६ असाेज । मलेसियामा जारी टि–ट्वान्टि विश्वकप एसिया बि छनोट प्रतियोगिताकाे अन्तिम खेलमा नेपालले ८२ रनकाे लक्ष्य पाएकाे छ । टस हारेर पहिले ब्याटिङ् गरेकाे सिंगापुरले ८१ रन बनाएर सबै विकेट गुमाएपछि नेपालले ८२ रनकाे लक्ष्य पाएकाे हाे ।
टस जितेर नेपालले सिंगापुरलाई पहिले ब्याटिङ्काे निम्ताे दिएकाे थियाे । सिंगापुरका लागि सुरेन्द्र चन्द्रमाेहनले २५ रन बनाउनु बाहेक अन्यले सम्झन लायक पारी खेलेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछनेले चार साेमपाल कामी र करण केसीले दुईदुई र ललितनारायण राजवंशीले एक विकेट लिए । सन्दिपले जारी प्रतियाेगितामा ६ खेलमा २४ विकेट लिएका छन् ।
याे खेलकाे विजेता प्रतियाेगिताकाे उपाधी जित्नेछ ।
प्रतिक्रिया