‘ब्रिटिस कलेज’का २२५ विद्यार्थी दीक्षित

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
‘ब्रिटिस कलेज’का २२५ विद्यार्थी  दीक्षित

सारांश

  • काठमाडौँ, २५ भदाै ।
  • ‘द ब्रिटिस कलेज’काे  चौथो दिक्षान्त समारोह सम्पन्न भएको छ ।
  • बौद्धस्थित  हायत रिजेन्सी काठमाडौंमा आयोजित दिक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन्।

काठमाडौँ, २५ भदाै । ‘द ब्रिटिस कलेज’काे  चौथो दिक्षान्त समारोह सम्पन्न भएको छ । बौद्धस्थित  हायत रिजेन्सी काठमाडौंमा आयोजित दिक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन्।दीक्षित हुनेमा ६० जना बिबिए (हन्स), ६० जना बिजनेस एण्ड म्यानेजमेन्ट, ३० जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड ब्रिस्टल), १२३ जना बिएस्सी (हन्स) कम्प्युटरिङ र १२ जना एमबिए (एक्जीक्युटिभ तथा लिड्स बेक्केट युनिभर्सिटी) का विद्यार्थीहरु रहेका थिए ।

यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको कलेजका सिइओ तथा संस्थापक राजन कँडेलले  बताए । उनले भने, ‘यसले कलेजको सफलताको पक्षलाई दर्साएको छ ।’कार्यक्रममा सिइओ कडेँलले कलेजको नयाँ योजना तथा दुबई र लण्डनमा कलेज विस्तार गरिएकोबारे प्रष्ट पारेका थिए । उनले अन्तर्राष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गर्दै ‘अण्डरग्रयाजुएट’ विद्यार्थीहरुलाई स्नाकोत्तर लेभलको अध्ययन गर्न प्रोत्साहन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रुटल्याण्डले ‘परिवर्तन’ शब्दको वर्णन गरेका थिए । उनले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझ्न आवश्यक रहेको बताए ।

उनले दीक्षित भएका विद्यार्थीहरु योद्धा र उनीहरुका परिवारहरु ‘हिरो’ भएको संज्ञा दिए । उनले ब्रिटिस कलेजलाई यो स्थानमा पुर्याउन सफल भएको भन्दै सिइओ राजन कडेँललाई बधाइ समेत दिए । त्यस्तै नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिसले २०० वर्ष पुरानो नेपाल–ब्रिटेन सम्बन्धबारे चर्चा गरेका थिए । उनले अन्तर्राष्ट्रिय शिक्षाको महत्व दर्शाउँदै गरिबी निवारणमा आफ्नो शिक्षाको सही तबरले उपयोग गर्न बताए । उनले ‘द ब्रिटिस कलेज’ले प्रदान गर्दै आइरहेको गुणस्तीय शिक्षाको तारिफ समेत गरे ।

कार्यक्रममा नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले दिक्षित विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले विद्यार्थीहरुले कर्पोरेट बजारमा भोग्नुपर्ने चुनौतीहरुबारे प्रष्ट्याएका थिए ।  कार्यक्रममा ‘द ब्रिटिस कलेज’का  प्रिन्सिपल डा. जोन ब्याटम्यानले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

द एमेस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट सम्मेलनलाई प्रोफेसर डोना वाइटहेड (भाइस चान्सलर एण्ड एक्जीक्युटिभ डिन डोना, ब्रिस्टल बिजनेस स्कुल एण्ड ब्रिस्टल ल स्कुल युडब्लुइ) ले सम्बोधन गरेकी थिइन् । त्यस्तै एमबिए (एक्जीक्युटिभ) र बिएएस्सी (हन्स) कम्प्युटरिङ) लाई लिस्ले अर्ली (प्रिन्सिपल लेक्चरर अफ लिड्स बेक्केट) ले सम्बोधन गरेकी थिइन् ।  बिएएस्सी (हन्स) तर्फबाट दीक्षित भएकी जोसुवा शाक्यले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यावाद दिइन् । कार्यक्रम विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?