कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ९, २०८०
|
|
४६ पटक हेरिएको
Shares
कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् ।
  • गत भदौ २२ गते गठन गरिएको ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् । गत भदौ २२ गते गठन गरिएको ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।

सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बनेका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?