न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी

सारांश

  • काठमाडौं, १७ साउन ।
  • छोराको हत्यारालाई कारवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनशन बसेकी गंगामाया अधिकारीले मुद्दालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी दर्ता गरेकी छन् ।
  • हत्याका आरोपित छविलाल पौडेल न्यायिक हिरासतमा बसेसँगै न्यायाधीश शर्माले मुद्दा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै त्यसको छानविन र कारवाहीको माग गर्दै उजुरी दर्ता गरेको आजको नेपाल समाचारपत्रले समाचार छापेको छ ।

काठमाडौं, १७ साउन । छोराको हत्यारालाई कारवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनशन बसेकी गंगामाया अधिकारीले मुद्दालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहीको माग गर्दै न्यायपरिषद्मा उजुरी दर्ता गरेकी छन् । हत्याका आरोपित छविलाल पौडेल न्यायिक हिरासतमा बसेसँगै न्यायाधीश शर्माले मुद्दा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै त्यसको छानविन र कारवाहीको माग गर्दै उजुरी दर्ता गरेको आजको नेपाल समाचारपत्रले समाचार छापेको छ ।

अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकूल हुनेगरी काम गरेको भन्दै न्यायपरिषद्मा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए । उजुरीमा हत्याका आरोपी न्यायिक हिरासतमा बसेको भोलिपल्टै आफ्नो मुद्दा हेरिरहेका न्यायाधीश शर्माले साउन २० मा तोकिएिको पेशीमा फैसला नै हुन्छ भनि न्यायिक आचरण विपरीत प्रतिवादी छविलाल पौडेल समेतको प्रभावमा परी कानून विपरीत मुद्दामा कार्वाही गर्नेगरी पत्रकार सम्मेलन गरेकोले न्याय परिषद ऐन २०७३ को दफा ११ को उपदफा ९१० को देहाय (च) को आधारमा यो उजुरी निवेदन दिन वाध्य भएको गंगामायाले जनाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
देउवाको पकडबाट बाहिरिए भातृ संस्था
देउवाको पकडबाट बाहिरिए भातृ संस्था
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
जेब्राक्रसमै ट्रिपरले ठक्कर दिएपछि….
जेब्राक्रसमै ट्रिपरले ठक्कर दिएपछि….
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?