विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?

सारांश

  • असार ३ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको फिफा कनफेडेरेशन बप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।
  • विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।
  • प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ ।

असार ३ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको फिफा कनफेडेरेशन बप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । शनिबार उद्घाटन खेलमा आयोजक रुस र न्युजिल्याण्डबिच खेल हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो प्रतियोगितामा गएको वर्ष युरोकप फुटबलको उपाधि जितेको पोर्चुगललाई बलियो दाबेदार मानिएको छ ।

आउँदो महिना पोर्चुगलले युरोकपको उपाधि जितेर इतिहास बनाएको एक वर्ष पुग्दैछ । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल उपाधि जित्ने लक्ष्यका साथ रुस जाँदैछ । पोर्चुगलले आइतबार मेक्सिकोसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ । यसअघि सन् २०१३ मा भएको कनफेडेरेसन कप फुटबलको उपाधि घरेलु टोली ब्राजिलले स्पेनलाई ३–० ले हराएर जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
आज पनि एकीकृत समाजवादीकाे सचिवालय बैठक
आज पनि एकीकृत समाजवादीकाे सचिवालय बैठक
पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
पाँच महिनामा यी हुन् सरकारले शुरु गरेका राम्रा काम
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो
अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो
कास्की-२ नेकपा उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अगाडि
कास्की-२ नेकपा उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अगाडि

तपाईंले छुटाउनुभयो कि?