दसैंमा भिडभाडलाई टीका लगाउँदा प्रधानमन्त्रीलाई संक्रमण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
दसैंमा भिडभाडलाई टीका लगाउँदा प्रधानमन्त्रीलाई संक्रमण

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंमा करिब ६ हजार बढीसँग प्रत्यक्ष सम्पर्क भएपछि बिरामी भएका छन् ।
  • दसैंको टीकादेखि निरन्तर ५ दिन पूर्णिमासम्म प्रधानमन्त्रीको हातबाट टीका थाप्नेको भीड लागेको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंमा करिब ६ हजार बढीसँग प्रत्यक्ष सम्पर्क भएपछि बिरामी भएका छन् । दसैंको टीकादेखि निरन्तर ५ दिन पूर्णिमासम्म प्रधानमन्त्रीको हातबाट टीका थाप्नेको भीड लागेको थियो । दसैंलगत्तै प्रधानमन्त्री बिरामी परेका थिए ।

पत्रकार हस्त गुरुङले ट्विटरमा लेखेका छन्, ‘मृगौला फेरेर जीवन चलाइरहेका प्रधानमन्त्रीलाई कोजाग्रत पूर्णिमासम्म ६ हजार भीडलाई दसैंटीका बक्सने कार्यक्रम गर्न उक्साउने मुख्य सल्लाहकार को हो ? त्यसले आफ्नो मुख देखाओस् ।’

पत्रकार गुरुङले लेखेजस्तै जोखिम स्वास्थ्यअवस्थाका कारण पनि दैनिक १८ घण्टा काममा खटिरहने प्रधानमन्त्रीलाई स्वास्थ्यमा ध्यान दिन निकै जरुरी छ । त्यसमा सल्लाहकारहरुको पनि निकै ठूलो भूमिका छ । दसैंमा त्यति धेरै भीडलाई टीका नलगाएको भए सायद प्रधानमन्त्रीको स्वास्थ्यमा खराबी आउँदैन थियो ।

प्रधानमन्त्रीसँग मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाउन पुगेका थिए । १० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकाले ओलीलाई चाँडै संक्रमण हुने समस्या छ । संक्रमणको समस्या हुँदाहुन्दै ६ हजार जनालाई टीका लगाइदिनु चानचुने कुरा थिएन ।

दसैंका बेला धेरैजनालाई टीका लगाइदिएका ओलीले केही थकाइ समेत महसुस गरेका थिए । प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरूले टीका लगाउन आउनेबाट प्रधानमन्त्रीमा भाइरस सरेको आशंकासमेत गरेका छन्।

दसैंमा प्रधानमन्त्री राष्ट्रपतिको हातबाट टीका थाप्न शीतलनिवास गएपछि बाहिर निस्किएका थिएनन्। भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरी भेट गर्न आएका बेला उनी बिरामी भएर एन्टिबायोटिक औषधि लिन सुरु गरेका थिए। स्वास्थ्यमा सुधार नभएपछि नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।

मान्छेको भीडबाट परै बस्नुपर्ने प्रधानमन्त्रीलाई भीडसँग ल्याउन दिन नहुने सल्लाहकार र निजी चिकित्सकले पनि सोच्नुपर्ने विषय थियो । प्रधानमन्त्री ओली सोमबार बिहानदेखि टिचिङ अस्पतालमा उपचाररत रहेका छन् । उपचारमा संलग्न डाक्टरहरुका अनुसार संक्रमणका कारण छातीमा समस्या भएको बताइएको छ । केही दिन अस्पताल राखेर उपचार गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
के भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ?
के भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ?
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
अदालतको फैसला नटेर्ने यि पूर्व अधिराजकुमारी !
अदालतको फैसला नटेर्ने यि पूर्व अधिराजकुमारी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
प्रशान्त तामाङ प्रहरीको जागिरबाट बर्खास्त !
प्रशान्त तामाङ प्रहरीको जागिरबाट बर्खास्त !
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?

तपाईंले छुटाउनुभयो कि?