अब सबै वडाका विवाद वडामै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १०, २०७६
|
|
५० पटक हेरिएको
Shares
अब सबै वडाका विवाद वडामै

सारांश

  • स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।
  • नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने सबै वडामा वडा संयोजकसहित मेलमिलापकर्ताको व्यवस्था मिलाएको नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताउनुभयो ।
  • “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा १३ प्रकृतिका देवानी विवाद निर्णय वा फैसला गर्ने व्यवस्था न्यायिक समितिमा रहेको छ”, कानून शाखा प्रमुख पौडेलले भन्नुभयो, “४७ को उपदफा २ अनुसार ११ प्रकृतिका देवानी तथा एक वर्षसम्म कैद सजाय हुने फौजदारी प्रकृतिका विवाद मेलमिलापका माध्यमबाट निरुपण गरिने व्यवस्था भएकाले तिनै ११ प्रकृतिका विवाद वडास्तरमै मेलमिलापकर्ताले निरुपण गर्नेछन् ।

स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने सबै वडामा वडा संयोजकसहित मेलमिलापकर्ताको व्यवस्था मिलाएको नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताउनुभयो ।

“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा १३ प्रकृतिका देवानी विवाद निर्णय वा फैसला गर्ने व्यवस्था न्यायिक समितिमा रहेको छ”, कानून शाखा प्रमुख पौडेलले भन्नुभयो, “४७ को उपदफा २ अनुसार ११ प्रकृतिका देवानी तथा एक वर्षसम्म कैद सजाय हुने फौजदारी प्रकृतिका विवाद मेलमिलापका माध्यमबाट निरुपण गरिने व्यवस्था भएकाले तिनै ११ प्रकृतिका विवाद वडास्तरमै मेलमिलापकर्ताले निरुपण गर्नेछन् ।

वडास्तरमा मेलमिलापकर्ताले विवाद समाधानका लागि पहल गर्ने र उक्त विवाद समाधान हुन नसकेमा न्यायिक समितिमा आउने कानून शाखा प्रमुख पौडेलले बताउनुभयो । न्यायिक समितिले वादी प्रतिवादीलाई मेलमिलाप गराउने पहल गर्ने र मेलमिलाप हुन नसकेमा स्याङ्जा जिल्ला अदालतमा सिफारिस गर्ने शाखा प्रमुख पौडेलको भनाइ थियो ।

वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचिकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्नसक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफँै सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताउनुभयो ।

मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था मिलाइएको कानून शाखा प्रमुख पौडेलले बताउनुभयो । वालिङ नगरपालिकामा हाल ११६ जना सूचिकर्ता मेलमिलापकर्ता छन् । वडाभित्रको विवाद वडाबाटै मिलाउने भएपछि भने नगरवासीले न्याय सम्पादनमा सहजता भएको महसुस गरेका छन् । वालिङ नगरपालिकाले अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा
चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
गृह मन्त्रालयबाटै ६ हजार प्रहरी गायव, कहाँ छन् !
गृह मन्त्रालयबाटै ६ हजार प्रहरी गायव, कहाँ छन् !
सीप सिक्दै, आत्मनिर्भर बन्दै
सीप सिक्दै, आत्मनिर्भर बन्दै
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
सर्टिफिकेट विवादमा तानिएका न्यायाधीशले किन दिए राजिनामा !
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
जब समुद्र जीव-वैज्ञानिकको घरभित्र सील प्रवेश गर्‍यो…
जब समुद्र जीव-वैज्ञानिकको घरभित्र सील प्रवेश गर्‍यो…
सहुलियत पसलमै छैन चिनी
सहुलियत पसलमै छैन चिनी
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही

तपाईंले छुटाउनुभयो कि?