अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
५० पटक हेरिएको
Shares
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !

सारांश

  • एजेन्सी, १४ वैशाख ।
  •    अमिताभ बच्चनलाई आजपनि बलिउडमा राजा नै मानिन्छ ।
  • मिडिया पनि ज्यान फालेर उनीमाथि दृष्टि राखिरहेकै हुन्छन् ।

एजेन्सी, १४ वैशाख ।   अमिताभ बच्चनलाई आजपनि बलिउडमा राजा नै मानिन्छ । मिडिया पनि ज्यान फालेर उनीमाथि दृष्टि राखिरहेकै हुन्छन् । तर, कुनैै समय यस्तो पनि थियो अमिताभको, तिनै मिडियाले करिब १५ वर्षका लागि ‘ब्याण्ड’ लगाएका थिए ।

यो त्यो समय भएको थियो जतिबेला भारतमा ‘इमर्जेन्सी’ लगाइएको थियो । बच्चनले केही वर्ष पहिले आफ्नो ब्लगमा यो कुरा लेखेका थिए ।

राजीव गान्धीको सबैभन्दा नजिकको साथीको रुपमा अमिताभ बच्चन पनि थिए । इमर्जेन्सी भनेर फिल्म र फिल्मी जगतका धेरै म्यागेजिनबाट ब्याण्ड लागेपछि बच्चनले यसको परिणाम निकै नराम्रोसँग भोग्नु परेको थियो । जब फिल्मी म्यागेजिनमा पनि ब्यान्ड लगाइयो, तब सारा फिल्मी दुनिया उनीमाथि खनिएको थियो । जसको नतिजा, मिडियाको तर्फबाट अमिताभलाई एकतर्फी रुपमा अघोषित ब्याण्ड लगाइएको थियो ।

त्यो समयमा फिल्मी खबर थाहा पाउन कुनै पनि माध्यम थिएन । पत्रिकासँगै सोसल मिडिया र इन्टरनेटबाट यस्तो खबर थाहा पाउन सकिँदैनथ्यो । जसको विकल्प भनेको म्यागेजिन मात्रै थियो । म्यागेजिनका सम्पादकलाई लाग्यो कि, अमिताभ बच्चन गान्धी परिवारसँग नजिक थिए र यो काम उनकै सल्लाहमा भयो ।

जब इन्दिरा गान्धी सन् १९७७ मा चुनाव हारिन्, त्यतिबेला सिनेब्लिट्ज र स्टारडस्ट जस्ता ठूला म्यागेजिनका सम्पादकले एक मिटिङ गरे र अमिताभ बच्चनको खबर र फोटो नछाप्ने निर्णय गरे । यो निर्णय भएको केही दिनसम्म पनि बच्चनलाई थाहा थिएन ।

केही दिनपछि जब बच्चनलाई मिडियाले ‘ ब्याण्ड’ गरेको कुरा थाहा भयो, उनी निकै रिसाए । र, त्यसको बदला लिने फैसला गरे । उनले कुनैपनि म्यागेजिनलाई अन्तर्वार्ता नदिने र फोटोपनि खिच्न नदिने भए ।

भावना सोमायाले अफ्नो किताब ‘अमिताभ बच्चनः दि लिजेन्ड’ मा यसको खास कारण बताएका छन् । तर, दिलीप कुमारले स्टारडस्ट म्यागेजिनको शो बहिस्कार गरेका थिए । यो कुरामा अमिताध बच्चनले पनि समर्थन गरेका थिए । पछि जब यो बहिस्कारमा यी दुई अभिनेताबारे थाहा पाए, मिडियाले यी दुवैलाई ब्याण्ड गरेका थिए ।

उनलाई यतिसम्म गरिएको थियो कि, कुनै सार्वजनिक कार्यक्रमको फोटोमा उनी देखिए भने कि त त्यो फोटो प्रयोग नै हुँदैनथ्यो कि त उनलाई हटाएर मात्रै फोटो राखिन्थ्यो । उनको फोटो क्रप गर्न सजिलो होस् भनेर त्यस्तो बेला उनी छेउमा बस्थे । यस्तो ब्याण्ड बच्चनलाई मिडियाले १० देखि १५ वर्ष सम्म लगाएका थिए ।

सन् १९८२ मा ‘कुल्ली’ फिल्मको शुटिङमा जब उनी घाइते भए तब सारा देशका जनताले उनका लागि मन्दिर र मस्जिदमा उनको स्वास्थ्य लाभको लागि प्रार्थना गरे । म्यागेजिनका मालिक पनि उनको यो हाल देखेर पग्लिए । स्टारडस्टका मालिक नारी हिराले बच्चनको स्वास्थ्यको बारेमा जानकारी लिए । यसपछि नै स्टारडस्टले ब्यान्ड हटाउँदै उनकै नाममा एक स्पेशल एडिशन पनि निकाल्यो ।

जब उनी पूर्ण रुपमा निको भए स्टारडस्टका मालिक नारी हीरासँग भेट्न गए । अमिताभले उनलाई ‘मसँग त तपाईं रिसाउनु भएको थियो । फेरि मेरो बारेमा किन आर्टिकल लेखेको ?’ भनेर सोधेका थिए ।

यसको उत्तरमा नारी हिराले ‘हामी तपाईं फेल हुनुहोस् भन्ने त चाहान्थ्यौं तर मर्नु भन्ने चाहँदैनथ्यौं’ भनेका थिए ।

यसले दुईबीचको मनमुटाव त सकियो तर मिडियाको ब्याण्ड भने चलिरहेको थियो ।

अहिले पनि मिडियाले अमिताभ र अमिताभले मिडियालाई ब्याण्ड गरिरहेकै छन् । यही बीचमा सन् १९८९ मा बच्चनको नाम बोफोर्स घोटालाको कारणले एक पटक पुनः चर्चामा ल्यायो । यस्तै कुराबाट हैरान भएका बच्चनले ‘अजुब’ नामक फिल्मको लागि पत्रकार संम्मेलन गरेका थिए । त्यहाँ उनले सफाई दिए ।

अब आफूले राजनीति छोडिसकेको बताउदै इमर्जेन्सीको समयमा लागू भएको सेन्सरशिपमा आफ्नो कुनै हात नभएको बताएका थिए । यसपछि अमिताभमाथि लगाइएको ब्याण्ड पनि सकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार  ।
ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार ।
‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु :  प्रधानमन्त्री
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!
‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!
भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ लाई सर्‍यो..
भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ लाई सर्‍यो..

तपाईंले छुटाउनुभयो कि?