अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार

सारांश

  • एजेन्सी ।
  • संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।
  • लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।

एजेन्सी । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ ।

“जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ ।

“हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ ।

हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो ।

अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् ।

हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् ।

ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’
माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’
कात्तिक १९ गतेको राशिफल यस्तो छ
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
३३ किलाे सुन प्रकरण: समीतिले नभेटेका एक दर्जन माथी अनुसन्धान सुरु
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की
उत्तर कोरियाली नेता किम जोङ अनले दिए अमेरिकालाई यस्तो भयानक धम्की
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
बामदेवलाई राष्ट्रियसभामा लाने ओलीको तयारी, पार्टी फुटबाट जोगाएको भन्दै प्रशंशा

तपाईंले छुटाउनुभयो कि?