उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ३२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा

सारांश

  • अस्बिन खड्का उदयपुर, ३२ असार ।
  • उदयपुर जिल्लाको आ.
  • ब.

अस्बिन खड्का

उदयपुर, ३२ असार । उदयपुर जिल्लाको आ.ब. २०७५÷७६ को बजेट, नीति तथा कार्यक्रमसहित विशेष प्रस्तावहरु पास गर्दै दोस्रो जिल्ला सभा सकिएको छ । जिल्ला सभामा जिल्ला समन्वय समिति उदयपुका उपप्रमुख गंगा राईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।

उपप्रमुख राईले आ.व. २०७५÷७६ को नीति तथा कार्यक्रम, २०७४÷७५ को बार्षिक प्रतिवेदन, आयव्यय तथा २०७५÷७६ को प्रस्तावित कार्यक्रम र बजेट तथा कार्य योजना प्रस्तुत गरेका थिए ।

उदयपुर जिल्लाको समृद्धि र बिकासको लागि आ. ब. २०७५÷०७६ को लागि ६ करोड २३ लाख बजेट प्रस्तुत तथा पारित गरिएको थियो । जिल्ला सभाले विशेष प्रस्तावहरु पनि पारित गरेको थियो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खडगबहादुर दर्नालले उपस्थित सबैमा आभार व्यक्त गर्दै विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?