नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १७, २०७७
|
|
५८ पटक हेरिएको
Shares
नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने

सारांश

  • काठमाडौं ।
  • काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।
  • काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए ।

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।

काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए ।

सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् ।

सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनले बताए । उनले भने, ‘अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।’ सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो ।

असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो ।

दशैँ–तिहारपछि सेवाग्राहीको चाप कम भएको उनले बताए । उनका अनुसार अनुमतिपत्र खोल्ने कहिले भन्ने धेरै सेवाग्राहीको चासो रहेको छ । उनले भने, ‘कतिले फोन गरेर र कतिले कार्यालयमा आएर कहिले अनुमतिपत्र खुल्छ भनेर सोध्ने गर्नुहुन्छ ।’

प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्नेछ । उपत्यकामा रहेका धेरै ड्राइभिङ प्रशिक्षण केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्न लागेको भन्दै सेवाग्राहीलाई सिकाइरहेका छन् । तिहारलगत्तै उपत्यकाका धेरै केन्द्रमा सिक्नेको भीड देख्न सकिन्छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसको शुभकामना र चियापान आज
नेपाली कांग्रेसको शुभकामना र चियापान आज
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए
रोल्पाको जनजीवन त्रासमा
रोल्पाको जनजीवन त्रासमा
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
भोटेकोशी बाढीपीडितका लागि राहत संकलन अभियान सुरु: गृह प्रशासनद्वारा तीन स्थान तोकियो
भोटेकोशी बाढीपीडितका लागि राहत संकलन अभियान सुरु: गृह प्रशासनद्वारा तीन स्थान तोकियो
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
कोहलीको शतकसँगै अष्ट्रेलिया पराजित
कोहलीको शतकसँगै अष्ट्रेलिया पराजित

तपाईंले छुटाउनुभयो कि?