अमेरिका र उत्तर कोरियाको शिखर बैठक नहुने !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
अमेरिका र उत्तर कोरियाको शिखर बैठक नहुने !

सारांश

  • वासिङ्टन, ९ जेठ ।
  • १२ जुनमा हुने भनिएको अमेरिका र उत्तर कोरियाबीचको शिखर बैठक पछि हुने भएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले उत्तर कोरियासँग हुने भनिएको बैठक समयमै नहुन पनि सक्ने जानकारी दिएका हुन् ।

वासिङ्टन, ९ जेठ । १२ जुनमा हुने भनिएको अमेरिका र उत्तर कोरियाबीचको शिखर बैठक पछि हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले उत्तर कोरियासँग हुने भनिएको बैठक समयमै नहुन पनि सक्ने जानकारी दिएका हुन् ।

ट्रम्पले मंगलबार संवाददातासँग कुरा गर्दै १२ जुनमा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने भनिएको बैठक ताकिएको समयमा हनेमा संका व्यक्त गरे ।

उनले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले तर यसको मतलब बैठक नै नबस्ने भने नभएको प्रष्ट पारे । उनले उत्तर कोरियाले आवश्यक शर्तहरु पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ । सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको अमेरिका भ्रमणमा गएका छन् । सोही क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिन, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ । तर पनि केही शर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ ।’

आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा छन् । उनी मङ्गलबार नै अमेरिका पुगेका थिए ।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति इनका अतिरिक्त यसअघि पनि केही उच्चस्तरीय अधिकारीहरु वासिङ्टन पुगेका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तय गर्ने पनि ठानिएको छ ।

राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गरे । तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको बताए ।

राष्ट्रपति ट्रम्पले जुन १२ मा भएन भने सो बैठक कहिले हुन्छ त भन्ने बारेमा भने केही बताएनन् । उनले आगामी केही समयमा त्यसबारेमा मिति तय हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण दिनुपर्छ प्रकाश दाहाललाई फाँसी
यसकारण दिनुपर्छ प्रकाश दाहाललाई फाँसी
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
  रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण
  रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण
असार २८ गते शनिबारको राशीफल यस्तो छ
ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने
ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न ः मुख्यमन्त्री शाही
कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न ः मुख्यमन्त्री शाही
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था

तपाईंले छुटाउनुभयो कि?