अमेरिकी राष्टपतिको साउदीलाई चेतावनी पत्रकार हत्यामा संलग्नता भए कडा कारवाही

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अमेरिकी राष्टपतिको साउदीलाई चेतावनी पत्रकार हत्यामा संलग्नता भए कडा कारवाही

सारांश

  • टर्कीको इस्तानबुलस्थित साउदी दुतावासबाट बेपत्ता भएका चर्चित पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरबको संलग्न रहेको प्रमाणित भएका कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
  • साउदी राजपरिवारका कडा आलोचक पत्रकार खाशोग्गी अक्टोबरमा इस्तानबुलस्थित साउदी दुतावास गएदेखि बेपत्ता छन् ।
  • टर्कीका अधिकारीले खाशोग्गीको साउदी दुतावासभित्रै हत्या गरी शवलाई गायब पारिएको आशंका गरेका छन् ।

टर्कीको इस्तानबुलस्थित साउदी दुतावासबाट बेपत्ता भएका चर्चित पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरबको संलग्न रहेको प्रमाणित भएका कडा कारवाही गर्ने चेतावनी दिएका छन् । साउदी राजपरिवारका कडा आलोचक पत्रकार खाशोग्गी अक्टोबरमा इस्तानबुलस्थित साउदी दुतावास गएदेखि बेपत्ता छन् ।

टर्कीका अधिकारीले खाशोग्गीको साउदी दुतावासभित्रै हत्या गरी शवलाई गायब पारिएको आशंका गरेका छन् । तर टर्कीको यो आरोपलाई साउदीले खण्डन गरेको छ ।

शनिबार एक टेलिभिजनमा बोल्दै अमेरिकी राष्टपतिले यदि पत्रकार हत्यामा साउदी संलग्न भेटिए अमेरिका क्रुद्ध बन्ने भनेका छन् । उनले यो विषयमा गहिरो अनुशन्धान भइरहेको र जे आरोप साउदी माथि लागिरहेको छ, अनुशन्धान पछि त्यही सत्य भए अमेरिका निराश र आक्रोशित हुने पनि उनले बताए ।

यसैबीच टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलुले साउदी दुतावास भित्रै गएर टर्कीका अधिकारीले अनुशन्धान गर्न पाउनु पर्ने अनुमति मागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?