अमेरिकी लडाकू विमानको उडान रोकिदैँ !

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
६३ पटक हेरिएको
Shares
अमेरिकी लडाकू विमानको उडान रोकिदैँ !

सारांश

  • वासिङ्टन ।
  • अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् ।
  • दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए ।

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए । अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहनुभएका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कुटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताए ।

अमेरिकी पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनरल ब्राउनले भने, “हालको कुटनीतिक वार्तालाई असर पर्न नदिने कुरामा हामी सचेत छौं ।”  अमेरिकाले सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाजहरु तैनाथ गरेको छ । यी जहाजले उत्तर कोरियाको आकाश र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्दछन् । यसक्रममा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन् । ब्राउनले कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगित गरिए पनि विमानको संख्यामा भने कटौती नगरिएको बताए ।

उत्तर कोरियाली नेता कीम जोङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर सम्मेलन पश्चात् अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
१५ हजार सेना, प्रहरी हाकिमकोमा ‘घरेलु कामदार’!
१५ हजार सेना, प्रहरी हाकिमकोमा ‘घरेलु कामदार’!
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
‘जनताको शिर निहुरिने काम गर्दिनँ’
‘जनताको शिर निहुरिने काम गर्दिनँ’
तीन हजार ८ सय किलो सुन प्रकरण: अर्का व्यवसायी पक्राउ
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले
इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले
आजको राशिफल
आजको राशिफल
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

तपाईंले छुटाउनुभयो कि?