अष्टमहादान, दश महादानजस्तै नेत्रदान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १२, २०७६
|
|
४१ पटक हेरिएको
Shares
अष्टमहादान, दश महादानजस्तै नेत्रदान

सारांश

  • अष्टमहादान, दश महादान, पञ्चधेनुजस्तै आँखादानबाट पुण्य प्राप्ति हुने पुरोहितहरुले जनाएका छन् ।
  • नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरुसँगको अन्तक्र्रियामा सहभागीले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउने बताएका हुन् ।
  • सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर जनचेतनामा जुट्ने बताउनुभयो ।

अष्टमहादान, दश महादान, पञ्चधेनुजस्तै आँखादानबाट पुण्य प्राप्ति हुने पुरोहितहरुले जनाएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरुसँगको अन्तक्र्रियामा सहभागीले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउने बताएका हुन् ।

सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर जनचेतनामा जुट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अष्टमहादान, दश महादान, पञ्चधेनु भन्थ्याँै, अब हामी नेत्र महादान पनि थप्छौँ ।” “जलेर जाने आँखाले नेत्रहीन व्यक्तिले संसार देख्ने भएकाले यो महादान हो”, अध्यक्ष अधिकारीले भन्नुभयो, “एउटै व्यक्तिको आँखाले आठ जनासम्मले देख्न सक्दारहेछन् ।”

६५ प्रकारबाट मृत्यु हुने वा दुरमरणमा नारायणवलीको शास्त्रीय मान्यता भएको भए पनि आँखादानमा त्यो नआउने उहाँको ठहर छ । उहाँले मरणोपरान्त दिइने दान भएकाले नारायणवलीको आवश्यक नपर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष जनक सापकोटाले अब नेपालका पुरोहितहरुले धार्मिक प्रवचन, गरुणपुराण, श्रीमद्भागवत महापुराण, सामाजिक संस्थाहरुको विशेष प्रवचनमा आँखादानका सम्बन्धमा सन्देश प्रवाह गर्ने बताउनुभयो । दान धेरै किसिमका भएको भन्दै उहाँले जुन दान उपयोग हुन्छ, त्यो महादान हुने भएकाले आँखादान महादान भएको बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा भीमराज उषामाया पाठक आँखा बैंक स्थापना गर्दैछ । जसका लागि स्थानीय समाजसेवी भीमराज पाठकले रु एक करोड ५० लाख सहयोग गरिसक्नुभएको छ । पर्याप्त आँखा र आर्थिक अभावमा बैंक सञ्चालनमा आउन सकेको छैन ।

यहाँ सङ्कलित आँखाका नानी तिलगङ्गा आँखा अस्पतालको आँखा बैंकमा पठाइँदै आएको छ । त्यहीबाट प्रशोधन गरेको नानी ल्याएर यहाँ आँखा प्रत्यारोपण गरिँदै आएको छ । सो अवसरमा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठले हालसम्म आठ जनाको आँखा झिकेर प्रशोधनका लागि पठाइएको र तिलगङ्गाबाट आँखाको नानी ल्याएर ७२ जनामा प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । आँखाको नानीको झिल्ली मात्र निकालिने बताउँदै उहाँले सो स्थानमा प्लाष्टिक राखेर पहिलेको जस्तै बनाइने बताउनुभयो ।

एउटा आँखामा हुने पाँच पत्रको झिल्लीमध्ये चार पत्र काम लाग्ने भन्दै उहाँले मृत्यु भएको आठ घण्टाभित्र नानी निकाल्न सक्दा अति उत्तम हुने भए पनि १२ घण्टासम्म झिक्न सकिने बताउनुभयो । एक व्यक्तिको दुई आँखाबाट आठ जनाले ज्योति पाउने उहाँको भनाइ थियो । क्यान्सर, सरुवा रोग, लामो समयसम्म सघन उपचार कक्षमा बसेका बिरामीबाहेक दुई वर्षमाथिका व्यक्तिका आँखा झिक्न सकिने र प्रत्यारोपण गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा आँखा बैंक व्यवस्थापन समितिका अध्यक्ष प्रभातकुमार जोशीले जलेर जाने आँखाको नानीले आँखा नदेख्नेहरुलाई संसार देखाउने भएकाले यो पुण्य काममा हातेमालो गर्न आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति कृष्णराज धरेलले मान्छेको मृत्युपछि पहिलोपटक पुरोहितहरु पुग्ने भएकाले आँखादानका लागि उत्प्रेरित गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका सहसचिव केशव अधिकारी, आँखा बैंक व्यवस्थापन समितिका सदस्य विनय श्रेष्ठ, शान्तकुमार पिया, अशोक अधिकारी, अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरी, छायाँ श्रेष्ठलगायतले आँखा दानको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । आँखा सङ्कलन बढाएर दाताको खोजी गरी बैंक स्थापना गर्ने तयारी गरिएको छ । भरतपुर आँखा अस्पतालले चितवन र आसपासका जिल्लामा आँखा उपचारमा सेवा दिँदै आएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
सत्तागठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
गणेश लामाको छाती गोलीले छुन भ्याएन, कसले हानेको थियो गोली?
गणेश लामाको छाती गोलीले छुन भ्याएन, कसले हानेको थियो गोली?
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

तपाईंले छुटाउनुभयो कि?