अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २७, २०७६
|
|
६३ पटक हेरिएको
Shares
अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

सारांश

  • काठमाडौं ।
  • शिखर धवनले शतक बनाएपछि भारतले आईसीसी विश्व कप क्रिकेटको १४ औं खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ ।
  • लण्डनको ओभल मैदानमा आइतबार टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेटको क्षतिमा ३५२ रनको विशाल स्कोर बनाएको थियो ।

काठमाडौं । शिखर धवनले शतक बनाएपछि भारतले आईसीसी विश्व कप क्रिकेटको १४ औं खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ ।
लण्डनको ओभल मैदानमा आइतबार टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेटको क्षतिमा ३५२ रनको विशाल स्कोर बनाएको थियो ।

विश्व कप इतिहासैमा उच्च स्कोरको कीर्तिमानी लक्ष्य पाएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर ३१६ रनमात्र बनाउन सक्यो । उसका एलेक्सी कोरीले विष्फोटक ब्याटिंग गरे पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन नसक्दा टिमलाई जित दिलाउन सकेनन् । केरीले नटआउट ३५ बलमा ५५ रन बनाए । यस्तै स्टेभन स्मिथले ६९ रन बनाए भने डेबिड वार्नरले ५६ रन बनाए ।

भारतको जितमा भुवनेश्वर कुमार र जसप्रित बुमराहले ३–३ विकेट लिए भने युजवेन्द्र चहलले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिंग गरेको भारतका लागि शिखर धवनले ११७, कप्तान विराट कोहलीले ८२ र रोहित शर्माले ५७ रन बनाए । यस्तै हार्दिक पंड्या, महेन्द्र सिंह धोनी र केएल राहुलले विष्फोटक ब्याटिंग गरे । पंड्याले २६ बलमा ४७ रन बनाए भने धोनीले १४ बलमा २७ र राहुलले ३ बलमा ११ रन बनाए ।

जितसँगै भारतले लगातार दोस्रो खेल जित्दै अंक तालिकामा ४ अंक जोडेको छ । उता अष्ट्रेलिया भने तेस्रो खेलमा पहिलो पटक पराजित भयो । अंक तालिकाको शीर्ष स्थानमा लगातार तीन खेल जितेको न्यूजिल्याण्ड छ भने दोस्रो स्थानमा दुई खेल जितेको घरेलु टिम इंग्ल्याण्ड छ । दोस्रो खेल जितको भारत तेस्रो स्थानमा रहँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
स्वदेशी उखु उत्पादन बढाउन मन्त्रालयको नयाँ कदम: डेढ अर्ब रुपैयाँभन्दा बढी  अनुदान स्वीकृत
स्वदेशी उखु उत्पादन बढाउन मन्त्रालयको नयाँ कदम: डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान स्वीकृत
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला
कांग्रेसमा आधा दर्जन गुट, दर्जन उपगुट
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि : महामन्त्री कोइराला
गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि : महामन्त्री कोइराला
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
प्रहरीको हतियार लुटियो
प्रहरीको हतियार लुटियो
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !

तपाईंले छुटाउनुभयो कि?