अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ३०, २०७५
|
|
६५ पटक हेरिएको
Shares
अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार

सारांश

  • पहिलो पटक अष्ट्रेलियामा नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् ।
  • अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको हो ।
  • लिबरल पार्टीका न्यू साउथ वेल्स राज्य कमिटीका नेताले आफूलाई उम्मेदवार बनायएको बारेमा जानकारी दिएको पिजे श्रेष्ठले बताए ।

पहिलो पटक अष्ट्रेलियामा नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् । अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

लिबरल पार्टीका न्यू साउथ वेल्स राज्य कमिटीका नेताले आफूलाई उम्मेदवार बनायएको बारेमा जानकारी दिएको पिजे श्रेष्ठले बताए ।

श्रेष्ठलाई उमेद्वार बनाइएको बार्टन क्षेत्र अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र हो । नेपालीहरूको घना बस्ती भएको सिड्नीको रकडेललगायतका ठाउँहरू पनि यो क्षेत्रमा पर्छन् ।

२० बर्ष अघी ६ वर्षको उमेरमा बाबाआमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपालको नवलपरासी जिल्लाका हुन् । उनका बुवा मेघराज नवलपरासीका कृषी उद्यमी हुन् । मेघराज अष्ट्रेलियामा लामो समयदेखि शिक्षा ब्यवसायमा आबद्ध हुँदै आइरहेका कहलिएका ब्यवसायी हुन् । मोडलिङ क्षेत्रमा समेत रूचि राख्दै अगाडि बढेका प्रमेजले मिस्टर नेपाल ओसिनिया शीर्षकको अवार्ड हात पारेका थिए ।

उनी अष्ट्रेलियामा अष्ट्रेलियन विद्यार्थीको लागि यातायात छुट गराउने अभियानमा पनि थिए ।

श्रेष्ठले आफूले विगत केही वर्षयता अष्ट्रेलियाको राजनीतिमा चासो दिएको र खटेर काम गरेकाले पार्टीले उम्मेदवार बनाएको बताए ।

आफ्नो उम्मेदवारी अष्ट्रेलियामा भएका समग्र नेपाली मूलका अष्ट्रेलियनको लागि गौरव भएको उनले बताए । ‘म जुनसुकै पार्टीको उम्मेदवार भएता पनि नेपालीहरुको हक–हितको पक्षमा लड्दै आफूलाई विश्वास गर्ने र मत दिने मतदाताहरूको पक्षमा आवाज उठाउने छु’, प्रमेजको प्रतिबद्धता छ ्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव
नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको अभाव
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा

तपाईंले छुटाउनुभयो कि?